Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सुन्तला बेचेर २० लाख आम्दानी

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष सुन्तला खेतीबाट उल्लेख्य आम्दानी गरेका छन्। आफ्नो १५ रोपनी क्षेत्रफलमा फैलिएको व्यवसायिक बगैँचाबाट उनले यस सिजनमा २० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका हुन्।

म्याग्दीका अन्य क्षेत्रमा सुन्तला टिपिसकेपछि अन्तिम समयमा बजार पठाउने रणनीति अपनाउँदा उनले सामान्यभन्दा दोब्बर बढी मूल्य पाएका हुन्। श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल तथा तरकारी फार्मबाट काठमाडौँका व्यापारीले प्रतिकिलो दुई सय रुपैयाँका दरले सुन्तला खरिद गरेर लगेका छन्।

पुस महिनामा म्याग्दीमा सुन्तलाको दर प्रतिकिलो ७० रुपैयाँ मात्र थियो, तर फागुनको सुरुवातमै उनले उच्च मूल्य हात पारे। अघिल्लो वर्षको तुलनामा उत्पादन ४० प्रतिशतले घटे पनि मूल्य राम्रो पाउँदा आम्दानीमा कुनै असर नपरेको श्रेष्ठ बताउँछन्। उनले गत वर्ष १५ लाखको सुन्तला बेचेका थिए।

पहिले बेनीमा पोल्ट्री र घरजग्गा व्यवसायमा संलग्न रहेका विकासले २०७६ सालमा सोखका लागि किनेको भिरालो पाखोबारीलाई अहिले हराभरा बनाएका छन्। झन्डै साढे तीन करोड लगानी गरेर निर्माण गरिएको यो फार्ममा अहिले सात सय सुन्तलाका बोट छन्।

उनले आफ्नो मात्र नभई गाउँका अन्य किसानको समेत एक करोड ३० लाख बराबरको सुन्तला बिक्रीको व्यवस्था मिलाइदिएका छन्। दोसल्ले गाउँका ४२ घरधुरीले यस वर्ष सुन्तलाबाट मात्रै दुई करोड रुपैयाँ गाउँ भित्र्याएका छन्।

विकासले आफ्नो फार्ममा सुन्तलासँगै कुखुरा पालन पनि गरेका छन्, जसको सुली सुन्तलाका लागि उत्कृष्ट मल हुने उनको अनुभव छ। उनले कुनै सरकारी अनुदान बिना नै यो सफलता हात पारेका हुन्।

सहर र विदेश पलायन हुने लहरका बिच गाउँ फर्किएर बाँझो जमिन सदुपयोग गरेका उनी अहिले जिल्लाकै नमूना कृषक बनेका छन्। निलगिरि र धौलागिरि हिमालको काखमा रहेको उनको सुन्तला बगैँचा अहिले अवलोकनकर्ताका लागि आकर्षणको केन्द्र बनेको छ भने उनले यसलाई कृषि पर्यटनसँग जोड्ने लक्ष्य राखेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव

गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...

रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...

कस्तो होला रास्वपा सरकारको विदेश नीति ?

काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा, विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...

तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, पेट्रोलको मूल्य एकैपटक ५५ रुपैयाँले बढ्यो

काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...

मध्यपूर्व संकटका कारण देखिएको इन्धनको सम्भाव्य मूल्यवृद्धिसँग जुझ्ने सरकारको योजना कस्तो छ ?

काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...

कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: