काठमाडौं । विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई विवाह भनिन्छ । प्रचलित कानुनी व्यवस्थाअनुसार साक्षी राखेर २० वर्ष उमेर पुगेका बर र बधुले विवाह गर्न सक्छन् ।
धार्मिक ग्रन्थहरूमा विवाहलाई दुई आत्माबीचको पवित्र मिलनका रूपमा व्याख्या गरिएको छ । मनुस्मृति लगायतका शास्त्रमा विवाहलाई भाग्य र समयअनुसार सम्पन्न हुने संस्कार मानिएको छ । विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाहका संस्कार फरक–फरक भए पनि हिन्दू परम्परामा शुभ साइत (लगन) मा विवाह गर्ने चलन छ।
ज्योतिषीय गणनाअनुसार २०८३ सालमा विवाहका लागि जम्मा ४१ दिन लगन रहेको बताइएको छ।
वैशाख (८ दिन) ७ गते दिउँसो, ८ गते दिउँसो र राति, २२ गते राति,२३ गते दिउँसो. २४ गते राति, २५ गते दिउँसो, ३० गते राति, ३१ गते दिउँसो
असार (७ दिन) ९ गते दिउँसो, १३ गते दिउँसो, १४ गते राति, १५ गते राति, १७ गते दिउँसो, १८ गते दिउँसो, २३ गते दिउँसो
मंसिर (८ दिन) ९ गते दिउँसो र राति, १० गते दिउँसो र राति, १६ गते राति, १७ गते दिउँसो, १९ गते राति, २४ गते राति, २५ गते— राति, २६ गते दिउँसो
माघ (६ दिन) ४ गते राति, १२ गते राति, १५ गते दिउँसो र राति, १९ गते दिउँसो र राति, २० गते दिउँसो र राति, २७ गते दिउँसो र राति
फाल्गुन (१२ दिन सबैभन्दा धेरै) ३ गते दिउँसो र राति, ४ गते दिउँसो, ११ गते दिउँसो, १२ गते दिउँसो, १५ गते राति,१६ गते दिउँसो, १७ गते राति, १८ गते दिउँसो, २० गते दिउँसो र राति, २५ गते राति, २६ गते दिउँसो, ३० गते राति
शास्त्रअनुसार विवाहअघि बर–बधुको चिना मिलाएर दोष नभएको सुनिश्चित गरिन्छ। वर्ण, वश्य, तारा, योनी, मैत्री, गण, भकुट र नाडी गरी ३६ गुणमध्ये कम्तीमा १८ गुण मिल्नु उपयुक्त मानिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार २०८३ आषाढ ३२ गते बृहस्पति ग्रह अस्त भएर साउन २४ गते उदय हुने र असोज २८ गते शुक्र ग्रह अस्त भएर कार्तिक ११ गते उदय हुने भए पनि ती अवधिमा विवाहको लगन नपर्ने भएकाले यसको असर नपर्ने जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - २०:२२
बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले बाजुराको एक मात्र निर्वाचन क्षेत्रबाट केन्द्रीय सदस्य लालबहादुर थापालाई उम्मेदवा...
फाल्गुन ३ गते, २०८२ - २०:२०
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाएको छ । सोमबार (फागुन ४) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइ...
फाल्गुन ३ गते, २०८२ - २०:१३
झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा–५ मा केही शिक्षकहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन्। नेकपा एमालेक...
फाल्गुन ३ गते, २०८२ - २०:०४
पोखरा । जावलाखेल युथ क्लबले २५औँ आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालामा दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज ...
फाल्गुन ३ गते, २०८२ - २०:०३
काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिका...
फाल्गुन ३ गते, २०८२ - १९:५५
काठमाडौं। १०औं राष्ट्रिय खेलकुद अझै समयमै हुन सकेको छैन। गण्डकी प्रदेशबाट छनोट भएका सुजन चोखाल अहिले जापानमा छन् भने छनोटमा परेका हरि पाण्डेले पनि भलि...
फाल्गुन ३ गते, २०८२ - १९:५२
सुनसरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुनसरीले इटहरी उपमहानगरपालिका–१७ का वडाध्यक्ष प्रभात आचार्यलाई पार्टीबाट निष्कासन गरेको छ। जिल्ला कमिटी सद...
फाल्गुन ३ गते, २०८२ - १९:३९
काठमाडौं । विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई विवाह ...
फाल्गुन ३ गते, २०८२ - १९:१४
लुम्बिनी । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएका छन्। आममतदात...
फाल्गुन ३ गते, २०८२ - १८:५९
काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले १६५ जनालाई नियन्त्रणमा लिएको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १६५ जनालाई नियन...



प्रतिकृया लेख्नुहोस्: