काठमाडौँ। आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले अहिले टेस्ट टोली वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थिजत वनखेडे मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिले फिल्डिङ रोजेको छ । टस हारेको नेपाल पहिलो ब्याटिङ गर्दैछ ।
अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यमा छ । यस्तै अघिल्ला दुई खेलमा लगातार जित निकाल्दै चार अङ्कसहित शीर्षस्थानमा रहेको वेस्ट इन्डिज उत्कृष्ट लयमा छ । नेपालविरुद्धको खेलमा पनि वेस्ट इन्डिज आफ्नो लय कायम राख्न चाहन्छ ।
नेपाललाई भने वेस्ट इन्डिजको लयमा ब्रेक लगाउँदै क्रिकेट समर्थकको साथ बटुल्ने अवसर छ । दुई पटकको विश्वकप च्याम्पियन वेस्ट इन्डिज आफैमा अनुभवी टोली हो ।
तर क्रिकेटमा कहिल काँही नतिजा बदलिएको इतिहास पनि छ । गत असोजमा मात्र नेपालले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० सिरिज २–१ ले जितेको थियो ।
हाल तीन खेलको समाप्तिसँगै समूहमा इङ्ल्यान्ड चार अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र इटालीले दुई दुई अङ्क बनाएको छ । समूहमा अङ्कको खाता खोल्न नसक्ने टोली नेपाल मात्र हो ।
आज नेपालले वेस्ट इन्डिजविरुद्ध ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई मैदानमा उतारेको छ । सोमपाल लगातार तेस्रो पटक विश्वकप टोलीमा पर्ने एक्लो खेलाडी छन्। नेपालले वेस्ट इन्डिजपछि समूह चरणको अन्तिम खेल फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ ।
नेपालले समग्रा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - २१:१६
कुन दलले के भन्यो ?
चैत्र २५ गते, २०८२ - २१:०९
म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...
चैत्र २५ गते, २०८२ - १९:४२
काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन् । बुधबार स...
चैत्र २५ गते, २०८२ - १९:३५
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...
चैत्र २५ गते, २०८२ - १८:५९
काठमाडौं । सुधन गुरुङले स्वीस बैंकमा नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार वा अन्य गैरकानुनी गतिविधिबाट आर्जन गरेको रकम भए त्यसलाई फिर्ता ल्याउन प...
चैत्र २५ गते, २०८२ - १८:५६
विदेशी राजदूतहरूलाई बालेनको यस्तो सन्देश
चैत्र २५ गते, २०८२ - १८:४२
सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी खेत...
चैत्र २५ गते, २०८२ - १८:३७
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्...
चैत्र २५ गते, २०८२ - १८:३४
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आह्वान गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस...
चैत्र २५ गते, २०८२ - १८:२४
बागलुङ। बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फूटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजङ्ग गण घोडाबाँधेले लज्जास्पद हार व्यह...


प्रतिकृया लेख्नुहोस्: