Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह

खबरडबली संवाददाता

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी फागुन तीन गते परेको शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदारहरूलाई विगतको कमजोरी जोहोरीन नदिन आग्रह गरेको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले साझेदारसँग छलफल गर्दै विगतमा जस्तो कमी कमजोरी हुन नदिन आग्रह गरेकी हुन् ।

“महाशिवरात्रि पर्वमा पाशुपत क्षेत्रसहित श्रद्धालुहरूको भिड हुने शिव मन्दिरहरूको व्यवस्थापनका लागि हामीले जनशक्ति, स्रोत, साधन र उपकरणको परिचालन गरिसकेका छौँ । सरसफाइ र स्वच्छताका लागि ब्रुमर सञ्चालन गर्ने, पानी छर्किने काम थालिएका छन् ।” कार्यवाहक प्रमुख डंगोलले भनिन, “विगतदेखि सञ्चालन हुँदै आएका स्वास्थ्य शिविरलगायतका कार्यक्रमलाई नियमितता दिनेछौँ । यस वर्ष पशुपति क्षेत्रमा दमकल र एम्बुलेन्स तैनाथ राख्नेछौँ । आकस्मिक स्वास्थ्य सेवा तथा विपद्जन्य अन्य प्रतिकार्यका कामका लागि विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राख्नेछौँ । पर्व तयारीबाट थालिएको काम पर्व सञ्चालन हुँदा र सकिएपछि पनि हामी नियमित काममा नै हुनेछौँ ।”

महानगरभित्रका शिव मन्दिरहरू सबैमा कामपाको समान दृष्टि हुनेछ । उनले भनिन्, “कामपाको तर्फबाट सम्पदा तथा पर्यटन समितिका संयोजक तथा पशुपति भएको वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले संयोजन गर्नुहुनेछ । उहाँ (संगत) सँगै छिमेकी वडा नं. ७ का अध्यक्ष बिमलकुमार होडा र शिव मन्दिर भएका सम्बन्धित वडाका जनप्रतिनिधिले कामपाका तर्फबाट संयोजन गर्नुहुनेछ ।”

बैठकमा सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले, विगतमा पर्व व्यवस्थापनका लागि स्थानीयले निर्वाह गर्दै आएको भूमिका खोसिँदै गएको बताउँदै स्थानीय सहभागी नभएको पर्व जीवन्त हुन नसक्ने बताए । सशस्त्र प्रहरी उपरीक्षक जीवन के। सी। ले निर्वाचन सुरक्षा कार्यक्रम सुरु भइसकेकोले यस वर्ष जनशक्ति व्यवस्थापनमा थप काम गर्नु पर्ने अवस्था रहेको बताए ।

यस वर्ष पशुपतिमा करिब ८ लाख श्रद्धालुले मन्दिरको प्रत्यक्ष दर्शन गर्ने अनुमान छ । मन्दिर परिसरमा करिब २० लाख श्रद्धालुहरू आउने अनुमान छ । यस पर्वका लागि काठमाडौँको पशुपति क्षेत्रसहित बसन्तपुर क्षेत्रमा रहेको महेन्द्रेश्वर महादेव, वडा नं। ३२ मा रहेको कोटेश्वर महादेवसहित विभिन्न शिव मन्दिरहरूमा श्रद्धालुहरूको भिड हुने गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री, आजैदेखि चालु अधिवेशन अन्त्य

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन्।  ...

बागलुङ-१ : जनमोर्चाको आधार इलाकामा कुन दलका उम्मेदवार कस्ता छन्?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ। राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय ज...

चिनियाँ टोलीको अध्ययनपछि दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि, कति निकाल्न सकिन्छ ?

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिक...

प्रतिमतदाता १,०११ रुपैयाँ खर्च

काठमाडौं । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तीन तहको सरकारको परिकल्पना गरेको छ । तीनवटै सरकारका लागि प्रत्येक पाँच वर्षमा आवधिक निर्वाचन गराउनु...

बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौँ । बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सिटका लागि भएको प्रतिस्पर्धामध्ये हालसम्म घोषणा भए...

जलजलामा १८ ठाउँमा एकै पटक शवदाहस्थल निर्माण सुरु

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकै पटक व्यवस्थित गर्न आयोजना निर्माण सुर...

आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार,...

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । ज...

शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी फागुन तीन गते परेको शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदारहरूलाई विगतको कमजोरी जोहोरीन नदिन आग्र...

निर्वाचन २० दिन बाँकी: कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौँ । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE