Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

इन्धन अभावले एक चौथाइ यातायात मात्र सडकमा

\"Nepalधनकुटा । भारतको अघोषित नाकाबन्दी शनिबार बेलुका देखि खुलेपनि इन्धन आपूर्ति गर्न केही दिन लाग्ने भएपछि मेची र कोसी अञ्चल लगायत मुलुकैभरि सडकमा सञ्चालन हुने यातायातका साधन कम सञ्चालन भइरहेका छन् । इन्धन अभावले तीन चौथाइ यातायातका साधन ग्यारेजमा थन्किएका छन् । राजमार्गमा जेनतेन एक चौथाइ मात्र गाडी चलेपछि राजमार्ग प्रायः सुनसान देखिएको छ । मेची र कोसीका विभिन्न स्थानबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी थन्किएर बसेपछि सर्वसाधारण यात्रु मारमा परेका छन् । तेल नपाएपछि सवारीसाधन थन्क्याएर राख्न बाध्य भएको यातायात व्यवसायी बताउँछन् । सरकारले कोटामा तेल वितरण गरे सँगै मेची र कोसी अञ्चलका सडकमा ७५ प्रतिशत सार्वजनिक यातायातका साधन सडकमा गुड्न छोडेका छन् । पर्याप्त मात्रामा तेल नहुँदा धरान देखि कोसी पहाडी रुट र धरान काँकडभिट्टा लगायतका क्षेत्रमा जाने यात्रुबाहक बसहरु घटेका छन् । सुनसरी जिल्ला प्रशासनले २५ प्रतिशत सार्वजनिक यातायातको लागि मात्रै तेल आपूर्ति गरिरहेको छ । जसका कारण ७५ प्रतिशत यातायात कटौती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोसी अञ्चल संयोजक कृष्णप्रसाद सुवेदीले बताए । धरानबाट कोसी पहाडी रुट तर्फ ४० भन्दा बढी बसहरु गुड्ने गरेका छन् । त्यस्तै, धरानबाट पूर्वका लागि दैनिक दुई सय ५० बढी बस छु्ने गरेका थिए भने मेचीबाट पनि त्यत्तिकै संख्यामा गाडीहरू छुट्ने गरेका छन् । सुवेदीका अनुसार पूर्वपश्चिम मात्र हैन पहाडी रुटमा चल्ने यातायातका साधन आधाभन्दा बढी ग्यारेजमा थन्किएका छन् । यही अवस्था रहिरहेमा अन्य सवारीसाधन समेत थन्क्याउनु पर्ने अवस्था आउन सक्ने सुवेदीले बताए । हालको कोटा अनुसार वितरण गर्दा पनि नेपाल आयल निगम पूर्वाञ्चल शाखामा करिब १० दिनलाई पुग्ने डिजेल रहेको बताइन्छ । आयल निगम पूर्वाञ्चलका प्रमुख दिलेन्द्र कार्कीले १६ लाख किलोलिटर मात्रै तेल भएकोले केही दिनसम्म मात्रै थेग्ने बताए । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीलाई तीन हजार लिटर र धरान सहित कोसी पहाडी क्षेत्रका साथै रात्री बसका लागि छ हजार लिटर डिजेल दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्तले बताए । यस्तै, पेट्रोलियम पदार्थ आपूर्ति सहज नभएसम्म धनकुटामा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्र पेट्रोलियम पदार्थ वितरण सुरु गरिएको छ । पेट्रोलियम पदार्थको उच्च अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा सरकारी कार्यालयका सवारी साधन तथा अत्यावश्यक सवारीसाधनलाई मात्र डिजेल वितरण सुरु गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए । त्यही निर्णयसँगै ७५ प्रतिशत बसहरु थन्किएको व्यवसायीको भनाइ छ । यसैगरी, मेची अञ्चलमा २० प्रतिशत मात्र सार्वजनिक यातायातका साधन चलेका छन् । इन्धन अभावमा ८० प्रतिशत यातायातका साधन थन्किएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका मेची अञ्चल संयोजक राजेन्द्र रिजालले बताए । उनले तत्काल समस्या समाधान नभए बाँकी २० प्रतिशत गाडी पनि थन्क्याउनु पर्ने अवस्था आउने बताए । आयल निगमले यातायातका लागि मेचीमा दैनिक २५ हजार लिटर मात्रै छुट्याएको भन्दै रिजालले यो ज्यादै अपुग भएर गाडी ग्यारेजमा थन्क्याउन बाध्य भएको बताए । चाडपर्व मनाउने अवस्था गुम्ने मजदुरको गुनासो भारतको अघोषित नाकाबन्दी खुलेपनि इन्धन ढुवानी सहज नभएका कारण सडकमा सवारीसाधन नचल्दा नजिकिँदै गरेको दशै, तिहार र छठ पर्व जस्ता चाडपर्व मनाउने अवस्था गुम्दै गएको गुनासो यातायात मजदुरहरूले गर्न थालेका छन् । सरकारले लागू गरेको जोर विजोर प्रणाली अनुसार नै यातायात चलाउन खोजेपनि तोकिएको कोटा अनुसार तेल नपाउँदा कठिनाइ भई हातमुख जोर्न समेत समस्या हुन थालेको मजदुरहरूले दुखेसो गरेका छन् । दशै, तिहार र छठ पर्व नजिकिए पनि आर्थिक संकटको कारण ती चाडपर्व खल्लो हुन्छ भन्ने मजदुरहरूमा चिन्ता रहेको छ । सवारी सञ्चालन अनुसार दैनिक ज्याला तथा भत्ता मात्र पाउने मजदुरहरू सवारी नचल्दा हातमुख जोर्न समेत समस्यामा पर्न थालेको यातायात मजदुर धनबहादुर मगरले गुनासो गरे । उनले काम नहुँदा परिवार पाल्न गाह्रो भएको बताए । अरु बेला दिनको लगभग पाँच सय रुपैयाँ कमाई हुने बताउँदै मगरले भने, अहिले २० दिन भन्दा बढी भयो कमाई विहीन छु ।’ इन्धन अभावका कारण अहिले सडकमा सवारीसाधन निकै कम गुड्न थालेका छन् । यसले सबैभन्दा बढी यातायात मजदुर नै पीडित बनेका छन् । बन्दका कारण लामो समयदेखि सवारी चलाउन नपाएका र चलेका ठाउँमा पनि इन्धन अभावले बन्द गर्नुपर्ने अवस्था हुँदा भोकभोकै बस्ने अवस्था आउन लागेको मजदुर अशोक घिमिरेले बताए । उनले भने, बन्दले गर्नुगर्यो दुई छाक खान समेत समस्या हुन थालेको छ ।’ सवारी सञ्चालकहरूले सवारी मजदुरलाई ज्यादै न्यून तलब दिने र दैनिक सवारी सञ्चालनका आधारमा भत्ता दिने गरेकाले पनि सवारी मजदुरहरू समस्यामा पर्ने गरेका छन् । स्वतन्त्र यातायात मजदुर संघ बस इकाई कोसीका अध्यक्ष चन्द्र उप्रेतीले सरकारले तोकेको कोटा अनुसार इन्धन पनि नपाएको र इन्धन अभावका कारण दैनिक सञ्चालन हुने सवारी चल्न नसक्दा मजदुरहरू मारमा परेको बताए । उनले भने, धेरै मजदुरको यतिबेला कन्तविजोग छ । दशै आइसक्यो, यो बेला गाडी मजदुरको अरु बेला भन्दा कमाई हुने समय भएपनि चहलपहल शुन्य छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending