Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

उखु किसानको खातामा ९३ करोड भुक्तानी

खबरडबली संवाददाता

बर्दीबास। महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले चालु क्रसिङ सिजन २०८२/८३ का लागि उखु किसानलाई भुक्तानी दिन सुरु गरेको छ। मिलले उखु खरिद गरेको सात दिनभित्रै भुक्तानी दिने नीतिअनुसार किसानको खातामा प्रतिक्विन्टल ६२० रुपियाँका दरले रकम जम्मा गर्न थालेको हो।

गत वर्ष (२०८१/८२) को तुलनामा नयाँ दर प्रतिक्विन्टल २५ रुपियाँले बढी हो। गत वर्ष एभरेस्ट चिनी मिलले उखुको भुक्तानी प्रतिक्विन्टल ५८५ रुपियाँका दरले गरेको थियो।

उखुको मूल्यलाई लिएर किसानले गरेको आन्दोलनका कारण झण्डै एक महिना ढिलो पुस ७ गतेदेखि क्रसिङ सुरु गरेको एभरेस्टले सोमबार बिहान १० बजेसम्म १८ लाख ६ हजार ७०० क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ। तीमध्ये माघ २० गतेसम्म खरिद गरिएका १६ लाख ४६ हजार क्विन्टल उखुको ९३ करोड ५५ लाख ४८ हजार रुपियाँ भुक्तानी गरिएको एभरेस्टका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिए।

भुक्तानीको पाँचौँ श्रृङ्खलाअन्तर्गत सोमबार ३ हजार ४२२ जना किसानको खातामा २२ करोड ५६ लाख रुपियाँ जम्मा गरिएको उनले बताए। एभरेस्टले यसअघि पुस १६, पुस २३, माघ ४ र माघ १३ गते गरी विभिन्न चरणमा भुक्तानी गरिसकेको छ।

वित्तीय महाप्रबन्धक ठाकुरका अनुसार छैटौँ श्रृङ्खलाअन्तर्गत माघ २९ गतेसम्म खरिद गरिएका उखुको भुक्तानी गर्ने तयारी भइरहेको छ। बीचमा शनिबार र शिवरात्रि परेकाले फागुन ४ गते छैटौँ किस्ताको रकम निकासा हुने सम्भावना रहेको उनले बताए। बिदाको दिनबाहेक उखु खरिद गरेको हरेक १० दिनभित्र भुक्तानी दिने नीतिअनुसार किसानको खातामा नियमित रूपमा रकम जम्मा भइरहेको उनको भनाइ छ।

एभरेस्टको नियमित भुक्तानी प्रणालीलाई उखु किसानहरूले सराहना गरेका छन्। उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले सरकारले उखुको उचित मूल्य निर्धारण नगरेर किसानलाई निरास बनाएको अवस्थामा चिनी मिलले समयमै भुक्तानी दिनु सकारात्मक भएको प्रतिक्रिया दिए।

“विगतका वर्षमा किसानले आफ्नो उत्पादनको भुक्तानी पाउन वर्ष दिनभन्दा बढी कुर्नुपरेको पीडा अझै बिर्सिएका छैनन्। उखुको मूल्यले निरास पारे पनि गत वर्षदेखि सुरु भएको नियमित भुक्तानी प्रणालीले किसानलाई केही राहत दिएको छ,” उनले भने।

गत वर्ष सरकारले उखुको साविक दर ५६५ रुपियाँमा २० रुपियाँ थप गरी प्रतिक्विन्टल ५८५ रुपियाँ कायम गरेको थियो। साथै ७० रुपियाँको अनुदान घटाएर ३५ रुपियाँमा झारेपछि किसानले देशव्यापी आन्दोलन गरेका थिए। आन्दोलनकै दबाबमा अनुदान पुन: ७० रुपियाँ कायम गरिए पनि किसानले माग गर्दै आएको प्रतिक्विन्टल ७५० रुपियाँ समर्थन मूल्यको सट्टा सरकारले ६२० रुपियाँ मात्र तोक्दा किसानको असन्तुष्टि कायमै रहेको कुशवाहाले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जानकी मन्दिरबाट किन लखेटिए हर्क सम्पाङका कार्यकर्ता ?

जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार...

कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव फेला, अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक जना पुरुषको शव फेला परेको छ। बा५च ३०३८ नम्बरको गाडीमा लागेको आगो निभाएपछि प्...

ईपीएस–टोपिक २०२६ का लागि आवेदन खुला

ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुल...

ताप्लेजुङमा भीरबाट लडेर महिलाको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार यहाँको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट...

मुख्य र सहायक सडक अवरुद्ध, वर्षाले पाँचथरको जनजीवन प्रभावित

फिदिम। तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् । ...

प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...

पर्यटक बोकेर ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो

गलकोट। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ। सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्...

करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि–२०८३, सक्कली बिलमा लखपति योजना

काठमाडौँ। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध नागरिकलाई लक्षित गर्दै सक्कली बिल लिने ग्राहकलाई लखपति बनाउने योजना ...

कुशहा–कमला चार लेन सडकको प्रगति ७३ प्रतिशत

लहान। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कुशहादेखि सिरहाको कमलासम्मको चार लेन सडक निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको छ। तेस्रो पटक म्याद थप ...

पहिरोले गलकोटको गैराखर्क बस्ती जोखिममा

बागलुङ। निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ। हरिचौर–मल्म–पाण्डवख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending