काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विचाराधीन सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता भएको निर्णय अनुमोदन गरेको हो।
सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरे।
यसअघि विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभामा पेस गरेकी थिइन्।
सभाको २०८२ भदौ १३ गते बसेको बैठकले राष्ट्रिय सभाबाट उक्त विधेयक उत्पत्ति गरी दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो। समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए।
समितिका सभापति दाहालका अनुसार उक्त विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव तथा विभिन्न सरोकारवालासँग चरणबद्ध रूपमा अनौपचारिक छलफल गरिएको थियो।
यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघ २० गते सामाजिक सञ्जाल विधेयक फिर्ता माग्ने निर्णय गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २७ गते, २०८२ - १७:१२
बालेन काठमाडौंमा चुनाव जित्ने अवस्था नभएपछि झापा आए
माघ २७ गते, २०८२ - १७:०७
नारायणगढ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको अप्ठ्यारो परिस्थितिको निकास कांग्रेसले मात्रै दिने गरेको बताएको छन् । कांग्रेस चितवन...
माघ २७ गते, २०८२ - १६:५३
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ...
माघ २७ गते, २०८२ - १६:४३
काठमाडौँ। स्कटल्यान्डले आइसिसी टी–२० विश्वकप क्रिकेटमा इटालिमाथ सहज जित निकालेको छ । कोलकातास्थित इडेन गार्डेन मैदानमा सोमबार भएको समूह ‘सी’ को खेलमा...
माघ २७ गते, २०८२ - १६:३०
काठमाडौँ। राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार स...
माघ २७ गते, २०८२ - १६:१६
काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पुरुषहरूको संख्या महिलाको तुलनामा निकै उच्च रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार ...
माघ २७ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विचार...
माघ २७ गते, २०८२ - १५:४८
काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर २,६७२.३९ विन्दुमा बन्द भएको छ। सोमबार परिसूचक २६.०५ अंकले घटेको हो। ...
माघ २७ गते, २०८२ - १५:२९
महोत्तरी। महोत्तरी जिल्लाको आठ पालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लाको जले...
माघ २७ गते, २०८२ - १५:२२
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १ सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जन...



प्रतिकृया लेख्नुहोस्: