Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

सिआइबीको असई हुँ भन्दै लाखौँ ठगी गर्ने महिला पक्राउ

खबरडबली संवाददाता

रौतहट। आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की असई भन्दै सर्वसाधारणलाई झुक्याई लाखौँ रुपियाँ ठगी गरेको आरोपमा एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका–१०, सलेमपुरका २५ वर्षीया नेहा, निशा, पुनमकुमारी भन्ने निर्मला महतो रहेकी छन् ।

महतोले विभिन्न व्यक्तिलाई आफू सिआइबीको असई भएको, भन्सार तथा प्रशासनमा राम्रो पहुँच भएको झुटो दाबी गरेर आपराधिक विश्वासघात र आपराधिक लाभ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङ्गले जानकारी दिए ।

पीडित जाहेरवाला सर्लाही लालबन्दीका राजेश्वर साहसँग सस्तोमा भन्सारबाट स्कारपियो गाडी निकालिदिने प्रलोभन दिएर पटक–पटक गरेर १ लाख ५० हजार ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

आफू सिआइबीको असई हुँ भन्दै महिलाले चन्द्रपुरका सन्तोषबहादुर विश्वकर्माको ज्वेलर्स पसलबाट २ लाख ७४ हजारको सुनचाँदी, गुजराका विजय साह बनियाँबाट घरायसी समस्या देखाई पाँच लाख नगद, चन्द्रपुरका प्रविण साहको किराना पसलबाट उधारो सामान तथा स्कारपियो गाडी भाडामा लिएर १ लाख २६ हजार बराबरको रकम ठगी गरेको प्रहरी नायब उपरीक्षक लाबुङ्गले जानकारी दिए।

भन्सारबाट गाडी निकाल्ने प्रयोजन देखाएर लालबन्दीका राजेश्वर साहको श्रीमती पुनम कुमारीको सक्कल नागरिकता र फोटो लिएर महिलाले आफू पुनम कुमारी हो भनि इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर, रौतहटबाट राष्ट्रिय परिचय पत्र बनाएको र सोही पुनम कुमारीको सक्कल नागरिकता र तस्बिर समेतको आधारमा महिलाले आफू पुनम कुमारी हो भनि माछापुच्छ्रे बैँक लि।चन्द्रपुर शाखाबाट पुनम कुमारीको नाममा खाता खोलेको अनुसन्धानबाट खुलेको छ ।

महिलाले आफ्नो  पहिचान लुकाएर पुनम कुमारीको नाउँमा खोलेका बैँक खातामा पर्याप्त मौज्दात नभएको भन्दै चेक काटेर दिई समेत ठगी गरेको प्रहरीको भनाइ छ ।

गएको माघ ४ गते दिउँसो ४ बजेको समयमा चन्द्रपुर नगरपालिका–६ बाट महिलालाई पक्राउ गरिए पनि वास्तविक परिचय खुल्न २० दिन लागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक लाबुङ्गले बताए।

पक्राउ परेका महिलालाई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जानकी मन्दिरबाट किन लखेटिए हर्क सम्पाङका कार्यकर्ता ?

जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार...

कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव फेला, अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक जना पुरुषको शव फेला परेको छ। बा५च ३०३८ नम्बरको गाडीमा लागेको आगो निभाएपछि प्...

ईपीएस–टोपिक २०२६ का लागि आवेदन खुला

ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुल...

ताप्लेजुङमा भीरबाट लडेर महिलाको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार यहाँको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट...

मुख्य र सहायक सडक अवरुद्ध, वर्षाले पाँचथरको जनजीवन प्रभावित

फिदिम। तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् । ...

प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...

पर्यटक बोकेर ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो

गलकोट। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ। सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्...

करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि–२०८३, सक्कली बिलमा लखपति योजना

काठमाडौँ। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध नागरिकलाई लक्षित गर्दै सक्कली बिल लिने ग्राहकलाई लखपति बनाउने योजना ...

कुशहा–कमला चार लेन सडकको प्रगति ७३ प्रतिशत

लहान। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कुशहादेखि सिरहाको कमलासम्मको चार लेन सडक निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको छ। तेस्रो पटक म्याद थप ...

पहिरोले गलकोटको गैराखर्क बस्ती जोखिममा

बागलुङ। निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ। हरिचौर–मल्म–पाण्डवख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending