काठमाडौं। ओखलढुंगामा भएको राई दम्पती हत्याका मुख्य अभियुक्तहरू १५ दिनपछि काठमाडौंबाट पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राई दम्पती हत्यामा संलग्न भएको आरोपमा काठमाडौंबाट १७ वर्षीय किशोरसहित ३४ वर्षीय धनबहादुर राना मगरलाई पक्राउ गरेको हो। उनीहरू ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ का बासिन्दा हुन्।
प्रहरीका अनुसार उनीहरूले माघ १२ गते राति चिशंखुगढी–६ का ८१ वर्षीय चन्द्रविक्रम राई र ८० वर्षीया चन्द्रमाया राईको हत्या गरेका थिए। हत्याको उद्देश्य लुटपाट रहेको पाइएको छ। मृतक दम्पती खाट छेउको भुईंमा सिरक ओडेको अवस्थामा फेला परेका थिए भने हत्या गर्न प्रयोग गरिएको कोदालो पनि बरामद गरिएको छ।
पक्राउ परेकाहरूको कोठाबाट प्रहरीले मृतक राईले प्रयोग गर्ने मोबाइल, आरोपीहरूले प्रयोग गर्ने दुई मोबाइल, लुटिएका १५९ वटा रिचार्ज कार्ड, मृतकबाट लुटिएको कानको मारवाडी १ जोडी र १ थान सिक्री, नगद १२ हजार र सी माला बरामद गरेको छ।
अनुसन्धानले देखाएको छ कि आरोपीहरू रातको समयमा गाउँ गएर हत्या गरी फरार भएका थिए। काठमाडौं आउँदा पनि बसको टिकट खरिद गर्दा वास्तविक नाम लुकाएर अरू नाम प्रयोग गरेका थिए। दुबै जनालाई थप अनुसन्धान र कारबाहीका लागि ओखलढुंगा पठाइएको छ।
स्मरणीय छ कि यसअघि १५ पुसमा चिशंखुगढी गाउँपालिका–६ मा किराना पसल चलाउँदै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षीया पत्नी रत्नमाया थापाको हत्या भएको थियो।
यो हत्यामा ओखलढुंगाको चिसाङ्ग गाउँपालिका–३ दियालेका २८ वर्षीय मिलन भनिने संगम राई, सोही गाउँपालिका–४ का ४० वर्षीय विनोद राई, सोही गाउँपालिका–४ का ४० वर्षीय प्रकाश भुजेल र चिसाङ–४ कै ३० वर्षीय दार्जे भनिने अशोक भुजेल पुर्पक्षमा कारागारमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८२ - १७:३९
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली–१ बाट उम्मेदवार हुन नपाउने भएका छन्। उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सु...
माघ २६ गते, २०८२ - १७:२५
काठमाडौँ। आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाललाई जितको लागि इङ्ल्यान्डले एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । मुम्बईस्थित व...
माघ २६ गते, २०८२ - १७:०८
काठमाडौं। ओखलढुंगामा भएको राई दम्पती हत्याका मुख्य अभियुक्तहरू १५ दिनपछि काठमाडौंबाट पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राई द...
माघ २६ गते, २०८२ - १६:४८
काठमाडौं। आईसीसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा जारी छ। मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। खेलको टसमा नेपाल ह...
माघ २६ गते, २०८२ - १६:३५
काठमाडौँ । दिवङ्गत वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । थापाको पार्थिव शरीरलाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरिएको...
माघ २६ गते, २०८२ - १६:२७
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्...
माघ २६ गते, २०८२ - १६:१७
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि ब...
माघ २६ गते, २०८२ - १६:०२
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोग...
माघ २६ गते, २०८२ - १५:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर...
माघ २६ गते, २०८२ - १५:३१
काठमाडौं । अभिनेता सुनिल थापालाई आइतबार चलचित्रकर्मी, संगीतकर्मी र शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली दिएका छन्। उनका पार्थिव शरीरलाई दिउँसो चलचित्र व...



प्रतिकृया लेख्नुहोस्: