Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

इजाजतप्राप्त हतियार संकलन सुस्त, निर्वाचन सुरक्षामा चुनौती

खबरडबली संवाददाता

बर्दिबास। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा महोत्तरी जिल्लामा इजाजतप्राप्त हातहतियार संकलन प्रभावकारी हुन नसक्दा चुनावी सुरक्षामाथि प्रश्न उठ्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले पुस २८ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र अर्थात् माघ १३ गतेसम्म सबै इजाजतप्राप्त हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको थियो । तर तोकिएको समयसीमा सकिएको एक साता बितिसक्दा जम्माजम्मी ९ प्रतिशत अर्थात् ३१ थान हतियार मात्र बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी शैलेन्द्र भट्टले बताए। प्रशासनको अभिलेखअनुसार जिल्लामा ३०० थानभन्दा बढी इजाजतप्राप्त हातहतियार रहेका छन् ।

अभिलेखमा १२ बोरका एकनाले १८० र दुईनाले १०६ गरी २८६ थान, २२ बोरका एकनाले १९ र दुईनाले २ थान, एकनाले भरुवा बन्दुक ४ थान, रिभल्भर ११ थान र हावादारी बन्दुक १ थान गरी कुल ३२३ थान हतियार दर्तामा रहेका छन् । यी हतियार ३१२ जनाले निजी सुरक्षाका लागि इजाजत लिएर राखेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

इलाका प्रहरी कार्यालय बर्दिबास मातहतका क्षेत्रमा १२ थान इजाजतप्राप्त हतियारमध्ये अहिलेसम्म ६ थान मात्र बुझाइएको बर्दिबासका डीएसपी विकास बलामेले बताए।

मतदान हुन अब करिब २८ दिन मात्र बाँकी रहँदा ९१ प्रतिशत अर्थात् २९२ थान हतियार अझै नागरिकको हातमै रहेका छन् । सुरक्षा विज्ञहरूका अनुसार यस्तो अवस्थाले निर्वाचनको निष्पक्षता, मतदाताको निर्भीक सहभागिता र समग्र शान्तिसुरक्षामा नकारात्मक प्रभाव पार्न सक्छ ।

२०७४ सालको निर्वाचनमा महोत्तरीमा प्रहरी उपरीक्षकको हैसियतले सुरक्षा व्यवस्थापन सम्हाल्नुभएका नेपाल प्रहरीका पूर्व एआईजी कुवेर कडायतका अनुसार विशेषगरी तराई–मधेसका जिल्लामा निर्वाचनका बेला राजनीतिक दबाब, धाकधम्की र झडपका घटनाको जोखिम उच्च मानिन्छ । खुला सीमा भएकाले हतियारको दुरुपयोग हुने जोखिम पनि उत्तिकै रहने उनले बताए।

इजाजतप्राप्त भए पनि हातहतियारले मतदातामा डरत्रास बढाउनुका साथै उम्मेदवारबीचको टकराव वा आकस्मिक हिंसात्मक घटनामा प्रयोग हुन सक्ने सम्भावनाका कारण राज्यले निर्वाचन अवधिमा ती हतियार प्रहरी नियन्त्रणमा राख्ने अभ्यास गर्दै आएको उनको भनाइ छ । उनले भने, “बाँकी हतियार समयमै संकलन हुन सकेनन् भने सुरक्षाकर्मीहरूलाई मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा थप दबाब पर्न सक्छ ।”

भारतको बिहार राज्यका मधुवनी र सीतामढी जिल्लासँग ३९ किलोमिटर खुला सीमा रहेको महोत्तरीका २५८ मतदानस्थलमध्ये सुरक्षा निकायले ६३ प्रतिशत अर्थात् १६३ वटा अति संवेदनशील र ३४ प्रतिशत अर्थात् ८९ वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार निर्वाचनका बेला यस्ता हतियार गलत प्रयोजनमा प्रयोग हुन सक्ने भएकाले बुझाउन सूचना जारी गरिएको हो । “मातहतका इलाका प्रहरी कार्यालय, थाना र चौकीमार्फत हतियार संकलन अभियान तीव्र पारिएको छ, बुझाउनेको संख्या क्रमश: बढ्दै गएको छ,” उनले भने।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतदान आउन करिब एक महिना बाँकी रहेकाले त्यसअगावै बाँकी सबै हतियार संकलन भइसक्नेमा आफू विश्वस्त रहेको बताए। जिल्लाभर कडाइका साथ सुरक्षा परिचालन गरिएकोले शान्तिसुरक्षामा आशंका नगर्न उनले आग्रह गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा बस दुर्घटना : चालकसहित १० जना घाइते

तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...

भक्तपुरमा विश्वकप फाइनल हेर्दा भएको झडपमा एक युवाको मृत्यु, १८ जना पक्राउ

काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...

गगन थापाको टिप्पणी: २०७२–२०८२ कांग्रेस र मुलुकका लागि ‘अँध्यारा’ वर्ष

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...

एक वर्षमा थोराङ्ला पास भएर ११ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...

भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्रीविरुद्ध आन्दोलन चर्कियो

नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...

मेची राजमार्ग १५ दिनदेखि अवरुद्ध, मेची पहाडमा दैनिक उपभोग्य वस्तुको अभाव

इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७२६ अंकमा पुग्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...

रास्वपा सांसदका लागि महामन्‍त्रीको पाँचबुँदे निर्देशन, निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग अनिवार्य समन्वय गर्नु

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...

निजी अस्पतालका १० प्रतिशत बेड र निजी शैक्षिक संस्थाका १० प्रतिशत सिट कडाइका साथ कार्यान्वयन हुने

काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...

प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट्ने तयारी

काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending