Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

प्रधानमन्त्रीबारे प्रचण्डको विशेष खुलासा

\"prachanda_prasichan\"काठमाडाैं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान जारी भएपछि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भए पनि परिस्थिति परिर्वतन हुँदै गएको बताएका छन्। अाजकाे नागरिक दैनिकमा खबर छ – राजधानीमा शनिबार पार्टी निकट नेवाः, ताम्सालिङ र तमुवानको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले प्रधानमन्त्री पदका लागि धेरै नेताको ग्रन्थी रसाएको सुनाए। अध्यक्ष प्रचण्डले मुलुकमा आएको उतारचढावसँगै नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला आफंै निरन्तरता दिन लागिपरेको बताए। कांग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेलसमेत प्रधानमन्त्रीको आकांक्षी रहेको बताउँदै उनले केही मधेसी दललाई पनि प्रधानमन्त्रीको लोभ पलाएको बताए। एमाले अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाल पनि प्रधानमन्त्रीको आकांक्षी रहेको सुनाउँदै दाहालले एकीकृत माओवादी प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिस्पर्धामा नभएको स्पष्ट पारे। कांग्रेस सहमतिबाट पछि हट्न लागेको आरोप लगाउँदै दाहालले प्रशिक्षणमा भने, \'१६ बु\"दे समझदारी गर्दा संविधान जारी भएपछि सुशीलजी (सुशील कोइराला) ले छाड्ने र एमालेको नेतृत्वमा सहमतिको सरकार बनाउने भन्ने भएको हो।\' प्रधानमन्त्री कोइरालाले एमाले अध्यक्ष ओलीलाई \'संविधान जारी भएपछि नयाँ सरकारको नेतृत्व तपार्इंले नै गर्ने भन्दै पटक–पटक आश्वस्त बनाएको\' पनि दाहालले प्रशिक्षणमा सुनाएका थिए। \'म, विजयजी (विजयकुमार गच्छदार) र केपी ओलीसमेत रहेको बैठकमा सुशीलजीले पटक–पटक तपाईं ढुक्क हुनुस् भनेको मैले सुनेको छु।\' पूर्वसमझदारी अनुसार एमालेले सरकारको नेतृत्व लिन खोज्नु अस्वाभाविक नभएको जनाउँदै दाहालले संविधान संशोधन, ऐन कानुन बनाउन पनि सहमतिको सरकार गठन गर्नुपर्ने बताए। \'संविधान संशोधन, ऐन कानुन निर्माण र संघीयता कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार हुँदा राम्रो हुन्छ,\' दाहालले भने, \'ओली नै नभई हुन्न भन्ने त होइन।\' सहमतिमा कोइराला, देउवा जो प्रधानमन्त्री भए पनि आपत्ति नरहेको दाहालको भनाइ थियो। \'प्रधानमन्त्री पदलाई लिएर प्रमुख पार्टीबीच झगडा भयो भने संविधान संशोधनको कुरा अप्ठेरो हुन्छ भनेर भनेका छौं,\' दाहालले प्रशिक्षणमा भने, \'तीन दलबीच सहमतिको सरकार गठन गर्न सहमति भएन के गर्ने भन्ने अन्तिम समयमा निर्णयमा लिन्छांै, अन्तिमसम्म हाम्रो पहल सहमतिको सरकार गठनका लागि हुन्छ।\' दाहालले अबको दुई वर्ष पार्टी नेतृत्व सम्हाल्ने जनाउँदै त्यसबीचमा एकीकृत माओवादीलाई पहिलो पार्टी बनाउने दाबी गरे। उनले पार्टी परित्याग गरेका नेता बाबुराम भट्टराईको आलोचना नगर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। भट्टराईको पार्टी परित्यागसहितको राजीनामा स्वीकृत नहुने दाहालले जानकारी दिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending