काठमाडौं । आगामी २० माघ मंगलबार देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिउँ र पानी पर्न सक्छ। लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिउँ तथा वर्षाको सम्भावना छ।
त्यसैगरी सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका तराई भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। सुदूरपश्चिमदेखि कोशीसम्मका हिमाली र उच्च पहाडी क्षेत्रका सम्भावित स्थानहरूलाई विभागले पहेँलो संकेत (येलो अलर्ट) दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमविद्का अनुसार माघ महिनामा हिउँ–पानी गराउने प्रणाली नेपाल प्रवेश गरेको यो तेस्रो पटक हो। यसअघि ९–१० माघ र १३–१४ माघमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हिउँ र पानी परेको थियो। पछिल्लो प्रणाली अघिल्लाभन्दा कमजोर भएकाले व्यापक वर्षा वा हिमपातको सम्भावना भने कम रहेको बताइएको छ।
“यो प्रणाली अघिल्लो पटकभन्दा केही कमजोर छ, त्यसैले धेरै हिउँ र पानी पर्ने देखिँदैन,” पौडेलले भने। २१ माघ बुधबारदेखि मौसममा क्रमिक सुधार हुने विभागको पूर्वानुमान छ।
यता, पछिल्ला वर्षहरूमा हिउँदयाम क्रमशः सुक्खा हुँदै गएको तथ्यांकले देखाउँछ। १६ मंसिरदेखि १५ फागुनसम्मलाई हिउँदयाम मानिन्छ, जसमा सरदर ६० मिलिमिटरसम्म वर्षा हुने गर्छ। तर यस वर्ष १६ मंसिरदेखि १३ माघ बिहान ८:४५ बजेसम्म सरदर ६.०२ प्रतिशत अर्थात् ३.६ मिलिमिटर मात्र वर्षा भएको विभागको रेकर्ड छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...
माघ १९ गते, २०८२ - १८:३४
काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले भारतको संघीय बजेट आर्थिक वर्ष २०२६/२७ संसद्मा प्रस्तुत गर्दै नेपाललाई ८०० करोड भारतीय रुपैयाँ (करीब १२...



प्रतिकृया लेख्नुहोस्: