Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

फेरि हिउँ र पानीको सम्भावना, बुधबारदेखि मौसम सुध्रिने

खबरडबली संवाददाता

काठमाडौं । आगामी २० माघ मंगलबार देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिउँ र पानी पर्न सक्छ। लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिउँ तथा वर्षाको सम्भावना छ।

त्यसैगरी सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका तराई भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। सुदूरपश्चिमदेखि कोशीसम्मका हिमाली र उच्च पहाडी क्षेत्रका सम्भावित स्थानहरूलाई विभागले पहेँलो संकेत (येलो अलर्ट) दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसमविद्का अनुसार माघ महिनामा हिउँ–पानी गराउने प्रणाली नेपाल प्रवेश गरेको यो तेस्रो पटक हो। यसअघि ९–१० माघ र १३–१४ माघमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हिउँ र पानी परेको थियो। पछिल्लो प्रणाली अघिल्लाभन्दा कमजोर भएकाले व्यापक वर्षा वा हिमपातको सम्भावना भने कम रहेको बताइएको छ।

“यो प्रणाली अघिल्लो पटकभन्दा केही कमजोर छ, त्यसैले धेरै हिउँ र पानी पर्ने देखिँदैन,” पौडेलले भने। २१ माघ बुधबारदेखि मौसममा क्रमिक सुधार हुने विभागको पूर्वानुमान छ।

यता, पछिल्ला वर्षहरूमा हिउँदयाम क्रमशः सुक्खा हुँदै गएको तथ्यांकले देखाउँछ। १६ मंसिरदेखि १५ फागुनसम्मलाई हिउँदयाम मानिन्छ, जसमा सरदर ६० मिलिमिटरसम्म वर्षा हुने गर्छ। तर यस वर्ष १६ मंसिरदेखि १३ माघ बिहान ८:४५ बजेसम्म सरदर ६.०२ प्रतिशत अर्थात् ३.६ मिलिमिटर मात्र वर्षा भएको विभागको रेकर्ड छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: