Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

खबरडबली संवाददाता

वीरगञ्ज। चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।

गत आवको छ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ । चालु आवको छ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै रू ८७ करोड ८४ लाख राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताए । 

गत आवको छ महिनामा भने रू ३० करोड २६ लाख मूल्यका १२४ विद्युत्बाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधनको आयातबाट रू २४ करोड २९ लाख राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु ९३ करोड मूल्यका इन्धनबाट चल्ने ४३४ जिप, कार र भ्यान आयात भएको छ ।

ती सवारीसाधनको आयात हुँदा दुई अर्ब ५६ करोड राजस्व सङ्कलन भएको छ । गत आवको छ महिनामा भने रू एक अर्ब १७ करोड मूल्यका ५९२ इन्धनबाट चल्ने जिप कार र भ्यान आयात भएका थिए । गत आवको छ महिनामा ती सवारीसाधनको आयातबाट रू तीन अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

७२ वर्ष पुगेँ, अझै केही वर्ष सक्रिय राजनीतिमा रहन्छु : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७२ वर्षको उमेरमा पनि अझै केही वर्ष सक्रिय राजनीतिमा रहन...

विश्वकप अभ्यास: लागातार दोस्रो खेलमा नेपाल विजयी: आरिफको अर्धशतक, सन्दीपले लिए तीन विकेट

काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ...

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौँ । सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्...

चीन र अल्जेरियाबिच अन्तरिक्ष सहकार्य: नयाँ उपग्रह प्रक्षेपण

जियुचुआन। चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण उत्तरपश्चिम चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबा...

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

वीरगञ्ज। चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको ...

कर्णाली करिडोरको हिउ सफा गरेपछि सडक सुचारु

हुम्ला। कर्णाली करिडोरको सिमकोट गाउँपालिका –५ को कालाढुङ्गा सिमकोट सडक सुचारु भएको छ । गत मङ्गलबार राति परेको हिउले यातायात सेवा अबरुद्ध हुँदा नेपाल प...

विकासको रोडम्याप लिएर पोखरेल मतदाताको घरमा

दाङ। मतदातासँग प्रत्यक्ष संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै नेकपा (एमाले) का महासचिव एवम् दाङ क्षेत्र नम्बर २ का ...

नमूना मतपत्र सार्वजनिक, काठमाडौँको सबैभन्दा ठुलो

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेक...

हरिबोल र महेश्वरमाथिको कारबाहीले सिन्धुली–२ मा नेकपालाई सकस पर्ला ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई स्पष्टीकरणसमेत नलिई पार्टीबाट नि...

भारतमा सवारी दुर्घटनामा परि एक नेपालीको मृत्यु, एक घाइते

नेपालगन्ज। नेपाल भारत सीमा नजिकै भारतीय क्षेत्रमा बसले मोटरसाइकललाई ठक्कर दिँदा नेपालगन्ज पिप्रहवा निवासी एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE