वासिङ्टन। अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेट डेमोक्रेटबीच बढेको गतिरोधका कारण शनिबार मध्यरातपछि सटडाउन सुरु हुने देखिएको हो ।
असफल मतदानका कारण सङ्घीय सरकारको तीन चौथाइभन्दा बढी खर्च धान्ने छ(बिल खर्च प्याकेज रोकिएको छ । संशोधित प्याकेजमा फेरि मतदान गर्ने तयारी भए पनि त्यसलाई हाउस अफ रिप्रेजेन्टेटिभ्सले पनि पारित गर्नु पर्ने छ, तर हाउस अफ रिप्रेजेन्टेटिभ्स सोमबारसम्म विश्राममा रहने भएकाले समय सीमा नाघ्ने निश्चित जस्तै भएको छ ।
ट्रम्पले पद सम्हालेपछि यो दोस्रो सरकारी सटडाउन हुने छ । यद्यपि अघिल्लो पटकको ४३ दिन लामो बन्दको तुलनामा यसपटक छोटो हुने अपेक्षा गरिएको छ । डेमोक्रेटले गृह मन्त्रालयलका लागि छुट्टै कोष व्यवस्था र आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय आइसिइको कार्यशैलीमा कडा सर्त राख्ने माग गर्दै आएका छन् । सिनेटका डेमोक्रेट नेता चक शुमरले आइसिइको गतिविधिलाई राज्यद्वारा स्वीकृत ठगीको संज्ञा दिँदै कङ्ग्रेससँग त्यसलाई रोक्ने नैतिक दायित्व रहेको बताएको छन् ।
पछि शुमरले ह्वाइट हाउसले अस्थायी ढाँचामा सहमति जनाएको जानकारी दिनुभयो, तर अमेरिकी सञ्चार माध्यमले मतदान शुक्रबारसम्म ढिलाइ भएको जनाएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत द्विदलीय समर्थन जुटाउन आह्वान गर्दै सम्झौतालाई समर्थन गर्न आग्रह गर्नु भएको छ । यदि सटडाउन लम्बियो भने लाखौँ सङ्घीय कर्मचारी बिदामा जाने वा तलब बिना काम गर्नुपर्ने अवस्था आउन सक्छ, जसको असर वासिङ्टन बाहिरसम्म फैलिन सक्ने छ ।
यस विवादलाई आप्रवासन प्रवर्तनसँग जोडिएका हालैका हिंसात्मक घटनाले थप चर्काएको छ । मिनियापोलिसमा ट्रम्प प्रशासनको निर्वासन अपरेसन अनुगमन गरिरहेका एक नर्सको सङ्घीय एजेन्टद्वारा गोली हानी हत्या भएपछि कङ्ग्रेसमा बहस तीव्र बनेको छ । डेमोक्रेटले रक्षा, स्वास्थ्य, शिक्षा र यातायात लगायतका अन्य खर्च बिल तुरुन्त पारित गर्न तयार रहेको बताएका छन् ।
तर उनीहरूले आइसिइका गस्ती, वारेन्ट प्रक्रिया, बल प्रयोगका नियम, शरीर क्यामेरा र पहिचान सम्बन्धी व्यवस्था कडा बनाउन डिएचएस बिल पुनर्लेखनको माग गरेका छन् । ह्वाइट हाउसको प्रस्तावले भने गृह मन्त्रालयलाई सटडाउन टार्न दुई हप्ताको समय दिने मात्र व्यवस्था गरेको छ । सांसदले डिएचएस कोषमा अवरोध आए विशेष गरी देशभर कठोर जाडो मौसम फैलिँदै गएको बेला आपतकालीन व्यवस्थापन एजेन्सी जस्ता निकाय प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १२:४५
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् । शिक्षा तथा खेलकुदमन...
जेष्ठ २८ गते, २०८३ - १२:२०
काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...
जेष्ठ २८ गते, २०८३ - १२:०५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार राजस्व दाखिला भएको छ ...
जेष्ठ २८ गते, २०८३ - ११:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विद्युतीय सवारीसाधन (इभी) आयात सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। ...
जेष्ठ २८ गते, २०८३ - ११:३२
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए आफू ...
जेष्ठ २८ गते, २०८३ - ११:२५
काठमाडौँ। नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ। ...
जेष्ठ २८ गते, २०८३ - ११:१५
कालीकोट। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सडकको एक भाग भासिएर क...
जेष्ठ २८ गते, २०८३ - ११:०९
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार...
जेष्ठ २८ गते, २०८३ - १०:५८
गौर। रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलबाट प्रहरीले अवैध रूपमा राखिएको करिब ९० लाख १६ हजार रुपियाँ बराबरको फर्सीको बीउ बरामद गरेको छ। विशेष सूचनाको...
जेष्ठ २८ गते, २०८३ - १०:२६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आ...



प्रतिकृया लेख्नुहोस्: