मुस्ताङ। मुस्ताङका ठुला राजनीतिक दल गएको माघ ५ गतेभन्दा अगाडि ढुक्क थिए । अघिल्लो पटकको प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सुदेश गुरुङले यस पटक समानुपातिक रोजेपछि मुख्य तीन दलबिच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी विगतको निर्वाचनमा प्राप्त मत र मतदाता आफ्नो पकटमा रहेको अनुमानलाई यस पटक रास्वपाले नयाँ उम्मेदवार मैदानमा ल्याएपछि विगतको भन्दा निकै रोचक बनेको छ ।
थेरै मतदाता, कसिलो प्रतिस्पर्धा हुने मुस्ताङमा नेपाली कांग्रेसबाट निवर्तमान प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, नेकपा (एमाले) का इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकालीबिच मुख्य प्रतिस्पर्धा रहेको छ । जिल्लामा विगतका निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको अनुमान गरिए पनि यस पटक नेकपाले विगतको चुनावको समेत अनुभव भएका नेतालाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट देशभरको माहोललाई हेरेर युवालाई उम्मेदवार बनाएपछि मुस्ताङका उम्मेदवार मतदाता आफ्नो पक्षमा पार्न व्यस्त छन् । नेपाली कांग्रेस र नेकपा ९एमाले० आफ्नो पक्षमा परिणाम पर्ने दाबी गरेको अवस्थामा नेकपा र रास्वपाले यस पटक मुस्ताङबाट खाता खोल्ने योजना बनाएका छन् ।
विगतमा पुराना दलले आफ्नो एकलौटी मत ल्याउने क्षेत्रहरू यस पटक नयाँ मतदाता र मतदातामा देखिएको असन्तुष्टिको असर पर्ने जोखिम छ । यस पटक तिनै ठुला दल एकल प्रतिस्पर्धामा रहेको अवस्था देखिन्छ । नेपाली कांग्रेसले अघिल्लो पटक फराकिलो मतान्तरसहित विजय भएको अवस्थामा संसद् विघटनअगाडिसम्म गरेका विभिन्न विकास निर्माणसहित कोरला नाकालाई व्यावसायिक सञ्चालन, भौतिक पूर्वाधारका कारण यस पटक बाँकी काम पूरा गर्न मतदाताले रोज्ने विश्वास गौचनको छ ।
नेकपा (एमाले) बाट उम्मेदवार इन्द्रधारा डाढु विष्टले यस पटक उपल्लो मुस्ताङबाट एकल प्रतिनिधित्व हुने गरी चुनावी मैदानमा रहेकाले तल्लो र माथिल्लो क्षेत्र जोड्ने पुलको भूमिका खेल्न मतदातामाझ आएको बताए । २०७४ सालको गण्डकी प्रदेश सभामा मुस्ताङ (क) बाट विजय भएर प्रदेश सभा सदस्यको अनुभवसँगै विभिन्न क्षेत्रमा सक्रिय भएकाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको योग्य उम्मेदवार भएको विष्टको दाबी छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुस्ताङमा ‘टाइगर’ नामले चिनिने गुरुङले यस पटक नेकपाले देशभर पहिलो खाता मुस्ताङबाट खोल्ने दाबी गरे। रास्वपाका उम्मेदवार गौचनले तीन ठुला दलका गतिविधिकै कारण संसद् विघटन भएर चुनाव गर्नुपर्ने बाध्यता भएको बताउँदै यस पटक रास्वपालाई बहुमतको सरकार बनाउन मुस्ताङले योगदान गर्ने बताए
मुस्ताङमा आमजनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा। सुरेन्द्र शेरचन उम्मेदवार छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: