महोत्तरी। महोत्तरीको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’ अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिबिम्बित गरेको छ । विशेषगरी गत भदौ महिनामा भएको नवयुवाहरूको आन्दोलनपछि युवाहरूले राजनीति प्रत्यक्ष हस्तक्षेप गर्नुपर्ने आवाज उठाउँदै आएका थिए, जसको असर महोत्तरीमा पनि देखिएको छ ।
यद्यपि, जेनजी अभियानकर्मीहरूका अनुसार यो प्रतिनिधित्व पूर्ण रूपमा सन्तोषजनक भने छैन । उनीहरू भन्छन्, “सूचीमा केही युवा नाम देखिनु सकारात्मक सङ्केत हो, तर अझै पनि पहुँच र प्रभाव भएकाहरू नै प्राथमिकतामा परेको अनुभूति हुन्छ ।” यसअघि केही नयाँ र पुराना राजनीतिक दलहरूले समानुपातिकतर्फ प्रस्तुत गरेका उम्मेदवारहरूको सूचीमा पनि जेनजी आन्दोलनको भावना समेटिएको देखिए पनि ती नामहरू अधिकांशत: राजनीतिक पहुँच भएकै व्यक्तिहरू थिए ।
प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीबाट आठ जना जेनजी पुस्ताका युवाहरू प्रत्यक्ष रूपमा चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार तीमध्ये छ जना स्वतन्त्र उम्मेदवार हुन् भने दुई जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका छन् । यो सङ्ख्या सानो देखिए पनि स्थानीय राजनीतिक इतिहासका हिसाबले महत्त्वपूर्ण मानिन्छ ।
क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा शिव नारायण महतो र सचिन महतो चुनावी प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर २ मा राज गुरु यादवले स्वतन्त्र उम्मेदवारी दिएको छन् । क्षेत्र नम्बर ३ बाट ‘नेपालका लागि नेपाली पार्टी’का तर्फबाट रजनिश राज पाण्डेय उम्मेदवार बनेको छन् । क्षेत्र नम्बर ४ मा जनता लोकतान्त्रिक पार्टी नेपालका तर्फबाट शिव शंकर कुमार शर्मा उम्मेदवार हुनुहुन्छ भने यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा गंगाप्रसाद यादव, विनोदकुमार मण्डल र सुकेशकुमार यादव चुनावी मैदानमा छन्।
यी युवा उम्मेदवारहरूको साझा विशेषता भनेको पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि र नयाँ सोचसहितको हस्तक्षेप हो । उनीहरु सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासलाई प्रमुख एजेन्डा बनाउँदै मतदातासामु पुगेको छन् । धेरैजसो उम्मेदवार सामाजिक सञ्जाल, प्रत्यक्ष भेटघाट र सामुदायिक छलफलमार्फत मतदातासँग संवाद गरिरहेको छन्, जुन परम्परागत राजनीतिभन्दा फरक अभ्यास मानिन्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार जेनजी उम्मेदवारहरूको उपस्थिति जित–हारभन्दा पनि दीर्घकालीन रूपमा राजनीतिक संस्कार परिवर्तनको सङ्केत हो । “यी युवाहरूले जिते वा नजिते पनि उनीहरूको सहभागिताले आगामी निर्वाचनमा अझ बढी युवालाई प्रेरित गर्नेछ,” एक स्थानीय विश्लेषक बताउछन् ।
महोत्तरीमा देखिएको यो परिवर्तन सानो भए पनि अर्थपूर्ण छ । यसले राजनीतिमा पुस्तान्तरणको बहसलाई बल दिएको छ र जेनजी पुस्ता अब सडक आन्दोलनबाट मात्र होइन, मतदान र उम्मेदवारीमार्फत पनि आफ्नो आवाज स्थापित गर्न खोजिरहेको स्पष्ट देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - १२:४६
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ ला...
माघ १५ गते, २०८२ - १२:३७
लमजुङ। हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । स्थानीयका अनुसार बुधबार बिहानैदेखि हिउँ परेको हो । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ...
माघ १५ गते, २०८२ - १२:२८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्की बिहान साढे १० बजे शीतलनिवास पुगेर रा...
माघ १५ गते, २०८२ - १२:२३
मुस्ताङ। हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने मुक्तिनाथ मन्दिरमा करिब डेढ फिट हिमपात भएको छ ...
माघ १५ गते, २०८२ - १२:१४
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई व्यवस्थित बनाउन मातहतका पार्टी निकायलाई कम्तीमा १२ वटा समिति गठन गर्न निर्देशन दिएको छ । नि...
माघ १५ गते, २०८२ - ११:५५
डडेल्धुरा। पहिलो हिउँदे वर्षा भएसँगै पछिल्लो साता डडेल्धुरामा दुई पटक हिमपात भएको छ । गएको असोज २१ गते पछि गत शुक्रबार साँझ मात्रै यस वर्षको हिउँदे वर...
माघ १५ गते, २०८२ - ११:४५
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति अपनाएको छ। उपसभापति व...
माघ १५ गते, २०८२ - ११:१६
काठमाडौँ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्...
माघ १५ गते, २०८२ - ११:०८
महोत्तरी। महोत्तरीको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेक...
माघ १५ गते, २०८२ - १०:५१
सप्तरी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजविराजस्थित सप्तरी कारागार कार्यालयमा बन्दी जिवन बिताइरहेका १६० जना कैदीबन्दीले मतदान गर्ने भएका छ...




प्रतिकृया लेख्नुहोस्: