सप्तरी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजविराजस्थित सप्तरी कारागार कार्यालयमा बन्दी जिवन बिताइरहेका १६० जना कैदीबन्दीले मतदान गर्ने भएका छन् ।
२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४७ जना कैदी बन्दीले मतदान गरेकोमा यस पटकको निर्वाचनमा विगतको भन्दा तीनगुणा बढी कैदीबन्दीले मतदान गर्ने भएका हुन् ।
निर्वाचन कार्यालयले सुरु गरेको मतदाताको लगत सङ्कलनका क्रममा १६० जना कैदीबन्दीले मतदान गर्ने अवस्था देखिएको सप्तरी कारागार कार्यालयका प्रमुख गंगालाल योगीले जानकारी दिए।
“२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४७ जना कैदी बन्दीले मतदान गरेका थिए । यसपल्ट तथ्याङ्क सङ्कलनका क्रममा उक्त सङ्ख्यामा बढेर १६० पुगेको छ” उनले भने ।
कारागारमा हाल ‘क’ र ‘ख’ गरी दुईवटा ब्लकमा कुल तीन सय ६६ कैदी बन्दी छन् । जसमध्ये सात जना भारतीय नागरिक छन् । मतदाता सूचीको अध्ययन गर्ने कार्य भइरहेको भन्दै केही दिन भित्रै यकिन सङ्ख्या बताउने जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले जानकारी दिए।
उनले विवरण सङ्कलन गरेर जिल्ला निर्वाचन कार्यालयले अध्ययन गरी अन्तिम नामावली तयारपार्ने काम गरिरहेको बताए।
मताधिकार प्राप्त गर्ने कैदीबन्दीका लागि कारागारमा एउटा अस्थायी मतदान केन्द्र स्थापना गरिने समेत उनले जानकारी दिए।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कैदी बन्दीले पनि मतदान गर्न पाउने अघिल्लो २०७९ को निर्वाचनदेखि नै व्यवस्था भए बमोजिम यसपल्ट पनि मतदान केन्द्रको व्यवस्था मिलाउन लागिएका छ । मतदाता नामाबलीमा समेटिएका कैदी बन्दीले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदानका लागि कारागारमा एउटा अस्थायी मतदान केन्द्र राखिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीले उनले जानकारी दिए ।
सप्तरीको चारवटा निर्वाचन क्षेत्रमा कुल चार लाख ४६ हजार चार सय दुई मतदाता रहेको र निर्वाचनका लागि जिल्लामा २९६ मतदान स्थल र पाँच सय ६२ मतदानकेन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - १२:२३
मुस्ताङ। हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने मुक्तिनाथ मन्दिरमा करिब डेढ फिट हिमपात भएको छ ...
माघ १५ गते, २०८२ - १२:१४
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई व्यवस्थित बनाउन मातहतका पार्टी निकायलाई कम्तीमा १२ वटा समिति गठन गर्न निर्देशन दिएको छ । नि...
माघ १५ गते, २०८२ - ११:५५
डडेल्धुरा। पहिलो हिउँदे वर्षा भएसँगै पछिल्लो साता डडेल्धुरामा दुई पटक हिमपात भएको छ । गएको असोज २१ गते पछि गत शुक्रबार साँझ मात्रै यस वर्षको हिउँदे वर...
माघ १५ गते, २०८२ - ११:४५
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति अपनाएको छ। उपसभापति व...
माघ १५ गते, २०८२ - ११:१६
काठमाडौँ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्...
माघ १५ गते, २०८२ - ११:०८
महोत्तरी। महोत्तरीको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेक...
माघ १५ गते, २०८२ - १०:५१
सप्तरी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजविराजस्थित सप्तरी कारागार कार्यालयमा बन्दी जिवन बिताइरहेका १६० जना कैदीबन्दीले मतदान गर्ने भएका छ...
माघ १५ गते, २०८२ - १०:४१
मुम्बई । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ। उहाँ ६६ वर्षका हुनुहुन्थ्यो। बिहान करिब ८:४५ बजे मुम्बईबाट...
माघ १५ गते, २०८२ - १०:३४
बागलुङ। मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्ष...
माघ १५ गते, २०८२ - १०:२०
काठमाडौं । भारतको महाराष्ट्र राज्यको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थ...




प्रतिकृया लेख्नुहोस्: