Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

खबरडबली संवाददाता

मुम्बई । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ। उहाँ ६६ वर्षका हुनुहुन्थ्यो। बिहान करिब ८:४५ बजे मुम्बईबाट बारामतीतर्फ गइरहेको चार्टर्ड विमान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।

प्रारम्भिक जानकारी अनुसार अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा अजित पवारसहित उहाँका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासमेत गरी कुल पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।

नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले दुर्घटनामा पाँच जनाको ज्यान गएको आधिकारिक रूपमा पुष्टि गरेको छ। यसअघि केही सञ्चारमाध्यममा छ जनाको मृत्यु भएको उल्लेख भए पनि पछिल्लो विवरणअनुसार मृतक संख्या पाँच रहेको जनाइएको छ।

अजित पवार महाराष्ट्र पञ्चायत चुनावको प्रचारका क्रममा चारवटा चुनावी सभालाई सम्बोधन गर्न बारामती जाँदै हुनुहुन्थ्यो। दुर्घटनाको समयमा एनसीपी अध्यक्ष शरद पवार र सांसद सुप्रिया सुले भने दिल्लीमा रहेको बताइएको छ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फुटबलर विशाल राखेपको उपाध्यक्ष नियुक्त, राखेपद्वारा स्वागत

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् । शिक्षा तथा खेलकुदमन...

ओलीलाई रास्वपाको सदस्य बनाइएको फेक पोस्टरबारे एमाले सांसदको आपत्ति

काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार  राजस्व दाखिला भएको छ ...

इभी आयात प्रकरणमा संसदीय छानबिन समिति आवश्यक - राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विद्युतीय सवारीसाधन (इभी) आयात सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। ...

आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए आफू ...

नेपालमा नयाँ प्रकारका ड्रग्सको प्रयोग बढ्दो: १९–४५ उमेर समूह जोखिममा

काठमाडौँ। नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ। ...

कर्णाली करिडोर भासियो, यातायात ठप्प

कालीकोट। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सडकको एक भाग भासिएर क...

सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार...

रौतहटमा ९० लाखको फर्सीको बीउ बरामद

गौर। रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलबाट प्रहरीले अवैध रूपमा राखिएको करिब ९० लाख १६ हजार रुपियाँ बराबरको फर्सीको बीउ बरामद गरेको छ। विशेष सूचनाको...

आयातित सवारीमा ५ अर्बभन्दा बढी राजस्व हिनामिना भएको राप्रपाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending