Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मधेशलाई आत्मसात् नगरेसम्म नेपाली पहिचान अधूरो हुन्छ : गगन थापा

खबरडबली संवाददाता

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले नेपाली राजनीतिमा मधेशले प्रजातन्त्रका लागि दिएको योगदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरे।

कांग्रेसका दिवंगत नेता प्रदीप गिरीलाई स्मरण गर्दै उनले मधेशले नेपालमा प्रजातन्त्र स्थापनाका लागि खेलेको ऐतिहासिक भूमिकाबारे आफू जानकार रहेको बताए। ‘मधेशले कांग्रेसलाई लगाएको गुण, मधेशले नेपालको प्रजातन्त्रका लागि लगाएको गुण र मधेशले सिंगो नेपाललाई दिएको योगदान म राम्रोसँग जान्दछु। मैले पढेर र बुझेर आएको हुँ,’ उनले भने।

मधेशलाई आत्मसात् नगरेसम्म कोही पनि पूर्ण नेपाली बन्न नसक्ने तर्क गर्दै उनले भने, ‘मधेशलाई मनभित्र राखेनौँ, आत्मसात् गरेनौँ भने नेपाली पहिचान अधूरो हुन्छ।’ सभामा मधेशप्रतिको सम्मान देखेर आफू उत्साहित भएको पनि उनले बताए।

शिक्षामा चिन्ता, समाधानको प्रतिबद्धता
सभापति थापाले मधेशको शिक्षा प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै गणित, विज्ञान र अंग्रेजी विषयमा मधेशका विद्यार्थी कमजोर हुँदै गएको उल्लेख गरे। यसको समाधान खोज्ने प्रतिबद्धता जनाउँदै उनले यी विषयमा सुधार आवश्यक रहेको बताए।

‘कुनै बेला मधेशका शिक्षकबिना पहाड र हिमालमा गणित–विज्ञानको कक्षा चल्दैनथ्यो,’ उनले भने, ‘सप्तरीका गणित शिक्षकले सोलुखुम्बुको पहाडमा गएर मेरा बाबालाई पढाउनुभयो, त्यसैले उहाँ इन्जिनियर बन्न सक्नुभयो।’

तर अहिले अवस्था उल्टिएको भन्दै उनले भने, ‘इतिहास बोकेको मधेशमा आज गणित, विज्ञान र अंग्रेजीमा सबैभन्दा कमजोर विद्यार्थी देखिनु चिन्ताजनक छ। हिजो मैले यो प्रश्न संसद्मा उठाएँ, आज त्यसको उत्तर खोज्न यहाँ आएको हुँ। उत्तर पनि खोज्छु, समाधान पनि दिन्छु।’

सूचना प्रविधिसँग मधेशलाई जोड्ने प्रतिबद्धता
अबको १२–१५ वर्षमा नेपालको आम्दानीको मुख्य स्रोत सूचना प्रविधि हुने दाबी गर्दै सभापति थापाले त्यसका लागि बाल्यकालदेखि नै गणित र विज्ञानमा बलियो आधार आवश्यक रहेको बताए। ‘सूचना प्रविधिमा सफल हुन केटाकेटी वेलादेखि नै गणित र विज्ञान जान्नुपर्छ,’ उनले जोड दिए।

आफ्नो टिमले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि काम गरिरहेको उल्लेख गर्दै उनले आगामी पाँच वर्षभित्र ठोस समाधान दिने प्रतिबद्धता जनाए।

मधेशप्रतिको राजनीतिक प्रतिबद्धता
केही वर्षअघि हुलाकी राजमार्गको यात्रा गर्दादेखि नै मधेश आउँछु र यहाँका जनताको प्रतिनिधित्व गर्छु भन्ने सोच बनेको स्मरण गर्दै उनले मधेशप्रतिको आफ्नो राजनीतिक प्रतिबद्धता दोहोर्‍याए।

‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा यति ठूलो योगदान दिएको, यति धेरै सहिद दिएको मधेशले सिंगो नेपालमा पाउनुपर्ने मान–सम्मान किन पाएन ?’ भन्ने प्रश्न आफूले पटक–पटक उठाएको उनले बताए।

‘म प्रश्न मात्र उठाउने होइन, त्यसको उत्तर खोज्ने र समाधान दिने गरी तपाईंहरूको प्रतिनिधि बन्न आएको हुँ,’ उनले भने।

काठमाडौंमा क्षेत्रीय कार्यालय खोल्ने घोषणा
सभापति थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का जनताको समस्या सुनुवाइ र समाधानका लागि काठमाडौंमा क्षेत्रीय कार्यालय स्थापना गर्ने घोषणा पनि गरे। बाराको सिमरा हुँदै काठमाडौंबाट सर्लाही पुगेका थापाले चुनावी सभालाई सम्बोधन गर्दै उक्त कार्यालय सञ्चालनमा ल्याइने जानकारी दिए। ‘अब निर्वाचन क्षेत्रका जनताले आफ्ना समस्या राख्न प्रतिनिधि खोज्दै भौँतारिनु पर्दैन,’ उनले भने।

सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: