धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार धनकुटा सदरमुकाम आए पनि सवारीबाट नओर्ली बजार परिक्रमा गरेर फर्किएका छन्।
भीमनारायण चोकबाट पैदल हिँड्दै मदन चोकसम्म मतदाता तथा समर्थकसँग भेटघाट गर्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा कार्यव्यस्तताका कारण स्थगन गरिएको रास्वपा धनकुटाले जनाएको छ।
भीमनारायण चोकमा पुगेका शाहले गाडीबाट नओर्ली झ्यालबाटै केहीबेर कार्यकर्ता र समर्थकसँग हात मिलाएका थिए। रास्वपाले केही दिनअघि देखि धनकुटामा शाहको आगमनको प्रचार गरे पनि तय कार्यक्रम अनुसार उनी बजारमा पैदल देखिएनन्।
रास्वपा धनकुटा अध्यक्ष बालनन्द दाहालका अनुसार दिउँसो २ बजे बजार परिक्रमा गर्ने कार्यक्रम तय भए पनि विराटनगरमा आयोजना हुने आमसभामा सहभागी हुनुपर्ने भएकाले धनकुटाको कार्यक्रम स्थगन गरिएको हो। उनले आसन्न निर्वाचनअघि शाहको प्रमुख आतिथ्यतामा धनकुटामा आमसभा आयोजना गरिने र बालेनले पुनः आउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।
शनिबार बिहान धनकुटा सदरमुकाम आउनुअघि शाहले हिले बजारमा भने केही समय पैदल हिँड्दै समर्थक र मतदातासँग भेटघाट गरेका थिए। यसअघि उनी इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा चुनावी अभियान सञ्चालन गरिरहेका थिए।
झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिएका शाह पूर्वी पहाडी जिल्लामा सक्रिय प्रचारमा छन्। तर, धनकुटाअन्तर्गत पाख्रिबास र सदरमुकाममा प्रचार गरिएका कार्यक्रमहरू कार्यान्वयन नहुँदा स्थानीय कार्यकर्ता र समर्थक अलमलमा परेका थिए।
रास्वपा नेतृत्वका अनुसार शाह विशेष कामका कारण विराटनगर जानुपर्ने भएकाले धनकुटाको कार्यक्रम रद्द गरिएको हो। शाह केही समयअघि इटहरी पुगिसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: