Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

तय भएकाे कार्यक्रम स्थगित भएपछि बालेन धनकुटामा गाडीमै सीमित

खबरडबली संवाददाता

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार धनकुटा सदरमुकाम आए पनि सवारीबाट नओर्ली बजार परिक्रमा गरेर फर्किएका छन्।

भीमनारायण चोकबाट पैदल हिँड्दै मदन चोकसम्म मतदाता तथा समर्थकसँग भेटघाट गर्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा कार्यव्यस्तताका कारण स्थगन गरिएको रास्वपा धनकुटाले जनाएको छ।

भीमनारायण चोकमा पुगेका शाहले गाडीबाट नओर्ली झ्यालबाटै केहीबेर कार्यकर्ता र समर्थकसँग हात मिलाएका थिए। रास्वपाले केही दिनअघि देखि धनकुटामा शाहको आगमनको प्रचार गरे पनि तय कार्यक्रम अनुसार उनी बजारमा पैदल देखिएनन्।

रास्वपा धनकुटा अध्यक्ष बालनन्द दाहालका अनुसार दिउँसो २ बजे बजार परिक्रमा गर्ने कार्यक्रम तय भए पनि विराटनगरमा आयोजना हुने आमसभामा सहभागी हुनुपर्ने भएकाले धनकुटाको कार्यक्रम स्थगन गरिएको हो। उनले आसन्न निर्वाचनअघि शाहको प्रमुख आतिथ्यतामा धनकुटामा आमसभा आयोजना गरिने र बालेनले पुनः आउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।

शनिबार बिहान धनकुटा सदरमुकाम आउनुअघि शाहले हिले बजारमा भने केही समय पैदल हिँड्दै समर्थक र मतदातासँग भेटघाट गरेका थिए। यसअघि उनी इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा चुनावी अभियान सञ्चालन गरिरहेका थिए।

झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिएका शाह पूर्वी पहाडी जिल्लामा सक्रिय प्रचारमा छन्। तर, धनकुटाअन्तर्गत पाख्रिबास र सदरमुकाममा प्रचार गरिएका कार्यक्रमहरू कार्यान्वयन नहुँदा स्थानीय कार्यकर्ता र समर्थक अलमलमा परेका थिए।

रास्वपा नेतृत्वका अनुसार शाह विशेष कामका कारण विराटनगर जानुपर्ने भएकाले धनकुटाको कार्यक्रम रद्द गरिएको हो। शाह केही समयअघि इटहरी पुगिसकेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले गर्याे ७ नेतालाई पार्टीबाट निष्कासन

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...

मधेस हुँदै कोशीको सात जिल्ला पुगेर फर्किए बालेन साह

विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...

कालिवन खानेपानी संस्थाले नयाँ कार्यसमिति चयन

मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...

‘सरकारी विज्ञापनमा ३ अर्ब गायब’ भन्ने समाचार भ्रामक : नेपाल विज्ञापन संघ

काठमाडौँ । सरकारी विज्ञापन कारोबारका विषयमा सञ्चार माध्यममा प्रकाशित समाचार र जारी विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन) ले गम्भीर ध्यानाकर्षण भएको ज...

नेकपाकी उम्मेदवार सरिता थापा खड्कालाई जिताउन प्रचार समिति गठन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभा–काठमाडौं सम्पर्क मञ्चले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार समिति गठन गरे...

जनयुद्वकाे सिपाहीदेखि खुला राजनीतिमा युवाहरूको नेतृत्वसम्म: दिपशिखाको यात्रा अवसरवादको राजनीति माथि

राजनीतिमा अनुहार धेरै देखिन्छन्, तर उनीहरूको इतिहास, संघर्ष र नेतृत्वको धरातल फरक हुन्छ। केही नेताहरू केवल अवसरवादमा सीमित रहन्छन्, पद र सत्ताका लागि ...

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : संयाेजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए आफ्नो नेतृत्वको पा...

तय भएकाे कार्यक्रम स्थगित भएपछि बालेन धनकुटामा गाडीमै सीमित

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार धनकुटा सदरमुकाम आए पनि सवारीबाट नओर्ली बजार परिक्रमा गरेर फर...

ओली–बस्नेतका अभिव्यक्तिमाथि मधेश अपमानको आरोप, सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिलाई लिएर मधेश अपमान गरिएको भन्दै ...

काभ्रेपलाञ्चाेकमा पुराना ‘खेलाडी’ मैदानबाहिर रहेपनि नयाँ अनुहारबीच घम्साघम्सी

काठमाडाैं  । हरेक निर्वाचनमा काभ्रेली मतदाताले देख्दै आएका परिचित अनुहारहरू यसपटक मैदानबाहिर छन्। उनीहरूको अनुपस्थितिमा यस निर्वाचनमा काभ्रेमा प्रायः ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending