डोल्पा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा डोल्पाको चुनावी राजनीतिमा दल परिवर्तनको रोचक दृश्य देखिएको छ । उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका दिलबहादुर विष्ट नेपाली कांग्रेसमा पुनः फर्किएका छन् । तर पार्टी बदलिए पनि उनको चुनावी हैसियत भने यथावत् रहने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विष्टले माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए । त्यसको केही दिनपछि नै उनले शनिबार औपचारिक रूपमा नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
विष्टलाई नेपाली कांग्रेसका सहमहामन्त्री तथा डोल्पाबाट कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले पार्टीमा स्वागत गरेका हुन् । कांग्रेस प्रवेश गरेसँगै उनी कांग्रेसको चुनावी अभियानमा सक्रिय रहने जनाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, विष्टले उम्मेदवारी फिर्ता नलिएकाले उनको उम्मेदवारी कानुनी रूपमा कायम नै रहनेछ । निर्वाचन आयोगले माघ ९ गते शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । सो अवधिमा विष्टले आफ्नो उम्मेदवारी फिर्ता नलिएका कारण उनी नामांकनको सूचीमा रहिरहने भएका हुन् ।
यस्तै प्रकृतिको घटना यसअघि पनि देखिएको छ । मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गरेकी जुनु भण्डारी पनि पछि कांग्रेस प्रवेश गरेकी थिइन् । उनीहरूले औपचारिक रूपमा उम्मेदवारी नफिर्ता लिए पनि कांग्रेस उम्मेदवार कर्णबहादुर बुढालाई सहयोग गर्ने बताएका छन् ।
दल परिवर्तन विष्टका लागि नयाँ विषय भने होइन । उनी यसअघि पनि नेपाली कांग्रेसमै सक्रिय थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि माओवादी केन्द्र प्रवेश गरेका विष्ट त्रिपुरासुन्दरी गाउँपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए । तर सो निर्वाचनमा उनी पराजित भएका थिए ।
पुनः कांग्रेसमा फर्किनुले डोल्पाको राजनीतिक समीकरणलाई थप चासोको विषय बनाएको छ । उम्मेदवारको संख्या भन्दा बढी, कसले कसलाई सहयोग गर्छ भन्ने पक्षले यहाँको चुनावी नतिजामा निर्णायक भूमिका खेल्ने देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: