Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगमा तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

नेकपा एमालेको समानुपातिक सूचीमा रहेका सिरहाका चन्देश्वर भण्डलविरुद्ध उजुरी परेको छ । मण्डल आदिवासीतर्फको व्यक्ति भएकोले मधेशी क्लस्टरमा राख्न नमिल्ने भनेर उजुरी परेको हो ।

नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीमा रहेका जीवन लामाविरुद्ध पनि उजुरी परेको छ । उनलाई अपांगता भएको व्यक्ति अन्तर्गत राखिएको तर, उनी अपांगता भएको व्यक्ति नभएको दाबी उजुरीमा छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबट समानुपातिक उम्मेदवार कुमार बहादुर थापाविरुद्ध उजुरी परेको छ । उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रुपमा बेचखिन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर बिचाराधीन रहेको भनेर उजुरी परेको हो ।

प्राप्त उजुरीउपर निर्वाचन आयोग अध्ययनमा रहेकेा बताइएकाे छ ।

राजनीतिक दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए । त्यसमा नाम फिर्ता लगायतको कार्य सकेर अन्तिम नामावली प्रकाशित भएको छ । प्रकाशित नाम उपर आएका उजुरी एकीकृत गरेर आयोगले अध्ययन सुरु गरेको हो ।

यही माघ २० गते समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : संयाेजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए आफ्नो नेतृत्वको पा...

तय भएकाे कार्यक्रम स्थगित भएपछि बालेन धनकुटामा गाडीमै सीमित

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार धनकुटा सदरमुकाम आए पनि सवारीबाट नओर्ली बजार परिक्रमा गरेर फर...

ओली–बस्नेतका अभिव्यक्तिमाथि मधेश अपमानको आरोप, सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिलाई लिएर मधेश अपमान गरिएको भन्दै ...

काभ्रेपलाञ्चाेकमा पुराना ‘खेलाडी’ मैदानबाहिर रहेपनि नयाँ अनुहारबीच घम्साघम्सी

काठमाडाैं  । हरेक निर्वाचनमा काभ्रेली मतदाताले देख्दै आएका परिचित अनुहारहरू यसपटक मैदानबाहिर छन्। उनीहरूको अनुपस्थितिमा यस निर्वाचनमा काभ्रेमा प्रायः ...

ओलीको गुनासो : सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई निरन्तर दुःख दिने र अपमानित गर्ने काम गरिरहेको आरोप लगाएका छन्। गृहजिल्ला झापाब...

गफ होइन, काम गर्नेलाई मतदान गरौँ

नेपालको आधुनिक राजनीतिक इतिहास केवल व्यवस्था परिवर्तनको कथा मात्र होइन, आम नागरिकको जीवनस्तर बदल्ने निरन्तर संघर्षको दस्तावेज पनि हो। केन्द्रीकृत राजत...

हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना नभई राप्रपा सत्तामा जाँदैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको पु...

गोबर गणेश’को ९ दिन सम्मको कमाइ १ करोड १० लाख माथि

काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘गोबर गणेश’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहे...

उम्मेदवार उही, पार्टी फेरियो: डोल्पामा कांग्रेसतर्फ फर्किए दिलबहादुर विष्ट

डोल्पा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा डोल्पाको चुनावी राजनीतिमा दल परिवर्तनको रोचक दृश्य देखिएको छ । उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता ...

३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी

काठमाडौं । निर्वाचन आयोगमा तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ । नेकपा एमालेको समानुपातिक सूचीमा रहेका सिरहाका चन्देश्वर भण्डलविरुद्ध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending