मुक्तिनाथ। उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपास क्षेत्रका आंशिक हिमपात भएको हो ।
तिब्वतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङलगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताए।
एक्याप प्रमुख पौडेलले भने, ‘‘लोमान्थाङ बजारमै हिमपात भइरहेको छ, चिसो बढेको छ, उपल्लो मुस्ताङ जाने पर्यटकले सतर्कता अपनाउनुपर्ने देखिन्छ ।’’ सदरमुकाम जोमसोमदेखि लोमान्थाङ जोड्ने सडक खण्डमा समेत हिमपातले सवारीसाधन आवत–जावतमा कठिनाइ भएको छ ।
उपल्लो मुस्ताङमा हिमपात भएसँगै उच्चलेंकका डाँडाकाँडा सेताम्मे भएका छन् । चिसोका कारण नदी, घरका धारा, सेप्टी ट्याङ्की र सिँचाइ कुलो समेत जमेको छ । लोमान्थाङ बजार सम्जुङ, चुमजुङ, छोसेर र कोरलानाका आसपासका क्षेत्रमा हिमपात भएको छ ।
कोरला नाकामा पर्यटकको आगमन सुन्य छ भने स्थानीय ब्यवसायी निकै कम छन् । छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालयमा समेत पछिल्लो समय राजस्व संकलन भएको छैन । तिब्वत क्षेत्रमा समेत हिमपात भएकाले मालबाहक सवारीसाधन कोरला नाकाबाट प्रवेश गरेका छैनन् ।
त्यस्तै, लोघेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ, मराङ, घमी, ढाक्मर, घिलिङ, याराघारा तथा आसपासका क्षेत्रमा भइरहेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा पशुचौपाया हेर्ने गोठाला, बुढापाकाको संख्या देखिए पनि धेरै पोखरा, काठमाडौं गएका छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका ८० प्रतिशत स्थानीय पुस महिनामै बेसी झरिसकेका छन् । सामुदायिक, गुम्बा विद्यालयले पोखरालगायतका क्षेत्रमा घुम्ती विद्यालय सञ्चालन गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तल्लो मुस्ताङमा समेत हिमपातका कारण जनजीवन कष्टकर छ । मुस्ताङ भ्रमणमा रहेका पर्यटकलाई समेत अनुकुल मौसम नहुदाँसम्म पर्यटकीयस्थलमा नजान अनुरोध गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - १७:०८
पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । हिमपहिरोबाट एक जना बच्...
माघ ११ गते, २०८२ - १६:५७
काठमाडौं। शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको ...
माघ ११ गते, २०८२ - १६:४७
विमानस्थलमा मलाई सुन तस्करलाई जस्तो चेकिङ गरेर हैरान पारियो
माघ ११ गते, २०८२ - १६:३७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जान अनुकूल वातावरण नबनाएको आरोप लग...
माघ ११ गते, २०८२ - १६:२९
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा जिम्बाबेलालाई ६ विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको छ। शनिबार त्...
माघ ११ गते, २०८२ - १६:१७
मुक्तिनाथ। उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती ...
माघ ११ गते, २०८२ - १६:०७
मुगु। चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको...
माघ ११ गते, २०८२ - १५:४९
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्व काठमाडौं मेयर र हाल रास्वपा नेता बालेन शाहमाथि मधेशी श्रमिक, साना व्याप...
माघ ११ गते, २०८२ - १५:३०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्यबारे केही पनि निश्चित नभएको टिप्पणी गरेका छन्। शनिबार पार्टी मुख्या...
माघ ११ गते, २०८२ - १५:१७
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौ...




प्रतिकृया लेख्नुहोस्: