Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

कञ्चनपुर–१ मा पुरुषभन्दा महिला मतदाता बढी

खबरडबली संवाददाता

कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको छ । आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत खसाल्ने मतदातामध्ये ३२ वडा रहेका क्षेत्र नम्बर १ मा एक लाख एक हजार ७२४ मतदाता छन् । जहाँ ५१ हजार ५८८ महिला मतदाता र ५० हजार १३६ पुरुष मतदाता हुनुहुन्छ । क्षेत्र नम्बर–१ मा पुरुषभन्दा महिला मतदाता एक हजार ४५२ जना बढी छन् । क्षेत्र नम्बर–१ बाट २ स्वतन्त्र महिला, २ महिला उम्मेदवार दलबाट चुनावमा उम्मेदवार छन् ।

क्षेत्र नम्बर–१ मा बेलौरी नगरपालिका, लालझाँडी गाउँपालिका, पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिका गरी चार स्थानीय तहका मतदाताले आगामी निर्वाचनमा मतदान गर्नेछन् । एक जना प्रतिनिधि सभा सदस्यका लागि ४ स्वतन्त्रसहित १५ दलीय नेताहरू चुनावी मैदानमा होमिएकाछन् ।

११ वडा रहेका पुनर्वास नगरपालिकामा १८ हजार ७८८ महिला मतदाता र १७ हजार ७५० पुरुष मतदाता गरी जम्मा ३६ हजार ५३८ मतदाता छन् ।  पालिकाको वडा नम्बर ५ मा अत्यधिक मतदाता छन् । उक्त वडामा २ हजार ६७ पुरुष र २ हजार ३३३ महिला गरी ४ हजार पाँच सय मतदाता रहेका छन् ।

यसैगरी क्षेत्र नम्बर–१ अन्तर्गत १० वडा रहेका बेलौरी नगरपालिकामा महिला मतदाता १७ हजार ९९१ तथा पुरुष मतदाता १७ हजार ७११ जना रहेका छन् । बेलौरीको वडा नम्बर १० मा अत्यधिक ४ हजार ६६२ मतदाता छन् भने वडा नम्बर ७ मा सबैभन्दा कम अर्थात् २ हजार ३४३ मतदाता रहेका छन् ।

यसैगरी, निर्वाचन क्षेत्र–१ को बेलडाँडी गाउँपालिकामा सात हजार ५३९ पुरुष र सात हजार ७१४ महिला मतदाता छन् । ५ वडा रहेका गाउँपालिकाको वडा नम्बर २ मा अत्यधिक ४ हजार ५७८ मतदाता छन् भने वडा नम्बर ४ मा कम अर्थात् १ हजार ३४८ मतदाता छन् ।  

त्यसैगरी, ६ वडा रहेका लालझाँडी गाउँपालिमा ७ हजार १३९ पुरुष र ७ हजार ९२ महिला गरी १४ हजार २३१ मतदाता छन् । लालझाडी गाउँपालिकाको वडा नम्बर ४ मा अत्यधिक ३ हजार १७४ मतदाता छन् भने वडा नम्बर ६ मा कम अर्थात् १ हजार ४१४ मतदाता छन् ।

आगामी निर्वाचनमा पनि पुनर्वास नगरपालिका घर भएका नेकपा एमोलका नेता तामाङ र नेपाली कम्युनिष्ट पार्टीबाट बिना मगर उम्मेदवार छन्। क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसबाट बेलौरी वडा नम्बर १० घर भएका गोपीप्रसाद उपाध्याय उम्मेदवार छन्। नेता उपाध्याय पहिलो पटक निर्वाचनमा होमिएको हो ।

कसले मार्ला बाजी ?
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको दौडमा यस पटक पुराना पार्टीहरू मात्रै छैनन् खास गरी राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पार्टीका तथा स्वतन्त्र उम्मेदवारहरू मतदाताको ध्यान तान्नमा व्यस्त देखिएका छन् ।  ३२ वडा रहेका क्षेत्र नम्बर १ मा यसअघिका निर्वाचनबाट प्राप्त मत परिणामलाई केलाउँदा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरू निर्वाचित हुँदै आएका छन् ।

२०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट भारी मतका साथ बिना मगर विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिवानसिंह विष्टलाई १९ हजार ४३७ मतान्तरले पराजित गर्दै मगर विजयी हुनुभएको थियो । मगरले ३८ हजार चार सय ६७ मत प्राप्त गर्नुभएको थियो भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्टले १९ हजार दुई सय १९ मत प्राप्त गर्नुभएको थियो । यसैगरी, विसं।२०७९ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका नेता

तारालामा तामाङ विजयी भएको थिए। उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार मगरलाई पाँच हजार ५४६ मतान्तरले पराजित गर्दे तामाङ विजयी भएको थिए। तामाङले २२ हजार ५३५ मत प्राप्त गर्नुभएको थियो मगरले १७ हजार ५७ मत पाएको थिए।

क्षेत्र नम्बर –१ मा मतदाताको सङ्ख्यालाई केलाउँदा आगामी निर्वाचनमा पनि नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीहरुबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

साथै, आगामी निर्वाचनमा मतदाताहरूले विकास प्रेमी उम्मेदवारलाई प्राथमिकता राखेको देखिन्छ । जसले गर्दा आगामी निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । उम्मेदवारहरू घरदैलो अभियानसँगै मत माग्नका लागि चोक चोकमा देखिन थालेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending