३ किलोमिटर लम्बाइको उक्त सडक स्तरोन्नति आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालयमार्फत कुल ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ग्रामीण क्षेत्रमा यातायात पहुँच विस्तार गर्ने उद्देश्यसहित सुरु गरिएको यो आयोजना समयमै सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको निर्माण पक्षले जनाएको छ ।
सडक निर्माणको जिम्मा पाएको केसी निर्माण सेवाका प्रोप्राइटर योगेश भण्डारीका अनुसार हाल सडकको कटिङ कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको छ । कटिङ सम्पन्न भएपछि ग्राभेल, नाली निर्माण, चौडाइ विस्तारलगायतका बाँकी सम्पूर्ण काम तोकिएको मापदण्ड (स्ट्यान्डर्ड) अनुसार चरणबद्ध रूपमा सुरु गरिने उनले जानकारी दिए ।
यसैबीच, आयोजनाको प्रगति अवस्थाबारे स्थलगत अनुगमन गरिएको छ । अनुगमन टोलीमा इन्जिनियर चन्द्र पुन र निरज पुन, निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, वडा सदस्य कुमार पुन तथा पत्रकार सुरेश छन्त्याललगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रममा निर्माण कार्य स्वीकृत डिजाइन र योजनाअनुसार नै अघि बढिरहेको जानकारी दिइएको छ ।
स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले सडक निर्माणले पाण्डबखानी–रमुवा क्षेत्रका बासिन्दालाई आवतजावतमा ठूलो सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् । सडक स्तरोन्नति सम्पन्न भएपछि स्थानीय उत्पादनको बजार पहुँच विस्तार हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार तथा अन्य सामाजिक–आर्थिक गतिविधिमा उल्लेखनीय सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
स्थानीयवासीहरूले गुणस्तरीय र दिगो सडक निर्माणमा जोड दिँदै समयमै काम सम्पन्न गर्न निर्माण पक्ष र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: