Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

एक्लिँदै देउवा : एकै दिनमा शीर्ष नेताहरूले तोडे साथ, नयाँ नेतृत्वतर्फ आकर्षण

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिकारिकतासँगै शेरबहादुर देउवा झन् एक्लिँदै जान थालेका छन् । आफैंले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्कालाई अगाडि सारेर विशेष महाधिवेशनविरुद्ध कडा कदम चालेका देउवाको लाइनबाट एकपछि अर्को गर्दै शीर्ष नेताहरू अलग हुन थालेका छन् ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई वैधानिकता दिनुअघिसम्म देउवासँग उभिएका नेताहरू नै अहिले नयाँ नेतृत्व स्वीकार गर्नुपर्ने निष्कर्षमा पुगिरहेका छन् । विशेष महाधिवेशनलाई अवैध ठहर गर्ने, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णयमा देउवालाई साथ दिएका नेताहरूको धारणा एकाएक बदलिएको देखिएको छ ।

१४औँ महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका डा. शेखर कोइरालाको सम्पूर्ण प्यानल नै देउवा लाइनबाट अलग्गिने अवस्थामा पुगेको छ । शनिबार बिहान कोइराला समूहले छुट्टै भेला आयोजना गर्दै देउवा पक्षले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ । यो कदमलाई देउवा नेतृत्वविरुद्धको स्पष्ट राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।

यसैबीच, लामो समयसम्म संस्थापन पक्षको बलियो स्तम्भ मानिएकी पूर्व सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी तथा केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि नयाँ नेतृत्व स्वीकार गर्नुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गरेकी छिन् । शनिबार जारी भिडियो सन्देशमा उनले भनिन्, “परिवर्तनलाई हाँसेर, खुसी भएर अंगालो मार्नुपर्छ । नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ । पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ । म उहाँलाई बधाई दिन चाहन्छु ।” उनको यो अभिव्यक्तिलाई संस्थापनभित्रै ठूलो राजनीतिक संकेतका रूपमा लिइएको छ ।

त्यस्तै, कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि निर्वाचन आयोगको निर्णय स्वीकार गर्नुको विकल्प नभएको स्पष्ट पारेका छन् । हिजोसम्म देउवा पक्षमा देखिएका खतिवडाले भने, “निर्वाचन आयोगले गरेको निर्णय मानेर कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्छ ।” खतिवडाको यो अभिव्यक्तिसँगै उनी गगन थापालाई सभापतिका रूपमा स्वीकार गर्न तयार रहेको सन्देश गएको छ ।

एकपछि अर्को गर्दै शीर्ष नेताहरू नयाँ नेतृत्वतर्फ झुक्न थालेपछि शेरबहादुर देउवा राजनीतिक रूपमा झनै एक्लिँदै गएको स्पष्ट संकेत देखिएको छ । कांग्रेसभित्र अब बहस ‘को आधिकारिक ?’ भन्दा पनि ‘कसरी एकता कायम गर्ने ?’ भन्ने दिशातर्फ मोडिन थालेको विश्लेषण गर्न थालिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेस प्रवेशसँगै बालेनको चर्चा, त्रासमा मधेस केन्द्रित दल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब औपचारिक रूपमा स्थानीय सरकारको भूमिकाबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तय...

जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा ...

एक–दुई दिनमै कांग्रेस एक ठाउँमा आउँछ, देउवाबाट ‘संरक्षक’ काे भूमिका अपेक्षा गरेका छाैं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद अब अन्त्यतर्फ उन्मुख रहेको दाबी गर्दै सबै नेता–कार्यकर्तालाई एकै ठाउँमा आउन आ...

नौ वर्षमा भरतपुरको कायापलट, रेनु दाहालको ऐतिहासिक विदा

चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फ...

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै

काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...

एक्लिँदै देउवा : एकै दिनमा शीर्ष नेताहरूले तोडे साथ, नयाँ नेतृत्वतर्फ आकर्षण

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिकारिकतासँगै शेरबहादुर देउवा झन् एक्लिँदै जान थालेका छन् । आफैंले कार्य...

बडीमालिकामा छतबाट खस्दा वृद्धाको मृत्यु

काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–९ गैरीबजारमा आफ्नै घरको छतबाट खस्दा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक...

को हुन् रञ्जित तामाङ ? जो झापा–५ बाट नेकपाका उम्मेदवार बन्दै छन्

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट रञ्जित तामाङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरे...

झापाको पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । झापा निर्वाचन क्षेत्र नं ३ को निर्व...

देउवा पक्षको बैठकमा शेखर समुह सहभागी नहुने

काठमाडौँ । नेपाली कांग्रेसबाट विभाजित बनेको देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर कोइरालाको समूह अनुपस्थित हुने भएको छ । सानेपास्थित पार्टी कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending