Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव पठाएको छ। प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै निर्वाचन केन्द्रीत तयारी अघि बढाउनुपर्ने स्पष्ट उल्लेख गरिएको छ।

विशेष महाधिवेशन पक्षले पार्टीभित्र चर्किएको आन्तरिक विवाद समाधान गर्दै संगठन सुदृढीकरण र विशेष महाधिवेशनको मिति टुंग्याएर कांग्रेसलाई एकताबद्ध ढंगले अघि बढाउनुपर्नेमा जोड दिएको छ।

प्रस्तावमा सभापति देउवाको भूमिकाबारे समेत कडा शर्त राखिएको छ। कार्यकारी जिम्मेवारीबाट देउवा बाहिरिनुपर्ने, प्रत्यक्षतर्फका उम्मेदवारको टिकटमा उनको हस्ताक्षर नहुने व्यवस्था गर्नुपर्ने विषय प्रस्तावमा समेटिएको छ।

यसैगरी आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने र निर्वाचन केन्द्रीत ५ सदस्यीय उच्चस्तरीय संयन्त्र बनाइनुपर्ने प्रस्ताव गरिएको छ।

विशेष महाधिवेशन पक्षले विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको वैचारिक र सांगठनिक पुँजीका रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गर्दै सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाएर निर्वाचनमा जानुपर्ने धारणा अघि सारेको छ।

प्रस्तावका मुख्य ८ बुँदा

आगामी प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै तय गरेर चुनावमा जानुपर्ने

विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने

सभापति शेरबहादुर देउवा कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने

प्रतिनिधिसभा उम्मेदवारको टिकटमा देउवाको हस्ताक्षर नहुने व्यवस्था गर्नुपर्ने

कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने

टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने

निर्वाचन केन्द्रीत ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने

विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई पार्टीको पुँजीका रूपमा ग्रहण गर्नुपर्ने

विशेष महाधिवेशन पक्षको प्रस्तावपछि कांग्रेसभित्र तरंग पैदा भएको छ। संस्थापन समूहका नेताहरूले प्रस्ताव अध्ययन गरेर मात्र धारणा सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन्। एक नेताले भने, “केही प्रस्ताव राजनीतिक रूपमा संवेदनशील छन्, यसबारे पार्टीभित्र गम्भीर छलफल आवश्यक छ।”

उता विशेष महाधिवेशन पक्षका नेताहरू भने प्रस्ताव पार्टी एकताको आधार भएको दाबी गर्दै सहमतिमा पुग्न संस्थापन पक्ष सकारात्मक हुने अपेक्षा राखेका छन्।

कांग्रेसभित्र विशेष महाधिवेशन, नेतृत्व हस्तान्तरण र निर्वाचन रणनीतिलाई लिएर बढ्दो दबाबबीच यो प्रस्तावलाई आगामी राजनीतिक दिशाको निर्णायक कडीका रूपमा हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: