काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको बैठक निष्कर्षविहीन रूपमा सकिएको छ। सभापति देउवाको निवास महाराजगञ्जमा भएको छलफलबाट ठोस सहमति ननिस्किए पनि पुनः वार्ता गर्ने समझदारी भने बनेको छ।
महामन्त्रीद्वयसँगको छलफलमा सभापति देउवाले कानुनी रूपमा सम्भव भए प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको टिकटमा आफ्नो सट्टा अर्कै नेताको हस्ताक्षर गर्ने व्यवस्था गर्न आफू तयार रहेको बताएका छन्।
‘माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा मेरो हस्ताक्षरमा पार्टीका साथीहरूले उम्मेदवारी दर्ता गर्नुभएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा पनि सभापतिको हैसियतमा मैले नै हस्ताक्षर गरेको छु,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अब प्रत्यक्षतर्फको निर्वाचनमा अर्कै साथीलाई हस्ताक्षरको अधिकार दिन मिल्छ कि मिल्दैन, कानुनी रूपमा निर्क्योल गरौँ, म त्यसका लागि तयार छु।’
छलफलका क्रममा देउवाले आगामी वैशाखमा तय भएको १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुने निश्चित भइसकेको भन्दै अहिले नै नेतृत्व परिवर्तनको विषय नउठाउन महामन्त्रीद्वयलाई आग्रह गरेका थिए। केन्द्रीय कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै त्यतिन्जेल धैर्य गर्न पनि उनले आग्रह गरेका थिए।
देउवाको धारणा सुनेपछि महामन्त्रीद्वय पार्टीभित्र थप छलफल आवश्यक रहेको भन्दै देउवा निवासबाट बाहिरिएका छन्।
उता, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ८ बजे बस्ने भनिए पनि अझै सुरु हुन सकेको छैन। यद्यपि पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी, केन्द्रीय सदस्य तथा सातै प्रदेशका सभापतिहरू भेला हुन थालेका छन्। बैठकमा पछिल्लो राजनीतिक संकट र आगामी निर्वाचनसम्बन्धी निर्णयहरूबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: