संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार हल व्यवस्थापनको काम करिब ९० प्रतिशत पूरा भइसकेको छ। बाँकी तयारी पनि आगामी माघ ४ गतेअघि नै सम्पन्न हुने उनले बताए। ‘राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भौतिक संरचना र प्राविधिक तयारी अन्तिम चरणमा छ,’ प्रवक्ता गिरीले भने।
सरकारले आगामी माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने निर्णय यसअघि नै गरिसकेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो। संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।
जेनजी आन्दोलनपछिको अस्थिर राजनीतिक परिस्थितिमा राष्ट्रिय सभाको बैठक बस्न लागेको यो पहिलो अवसर हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरिएको थियो भने अन्तरिम सरकारको सिफारिसमा गत भदौ ३१ गते राष्ट्रपतिले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी थिइन्।
संसद् सचिवालयका अनुसार यसपटकको अधिवेशनमा छलफलका लागि महत्वपूर्ण कार्यसूचीहरू तय छन्। विभिन्न विधेयक, सरकारले ल्याएका अध्यादेश, संसदीय समितिहरूका अध्ययन प्रतिवेदन तथा वार्षिक प्रतिवेदनहरू सभामा पेश हुनेछन्।
अधिवेशन सुरु भएपछि सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वका प्रस्तावहरू दर्ता गर्न सक्नेछन्। साथै राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था पनि रहनेछ।
संसद् भवन जलेपछि उत्पन्न भौतिक चुनौतीका बीच सिंहदरबारबाटै राष्ट्रिय सभा सञ्चालन गर्ने तयारीलाई संसदीय अभ्यास निरन्तर राख्ने प्रयासका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: