Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

भ्रष्टाचार निवारण ऐन उल्लंघनमा गाउँपालिका अध्यक्षसहित ६ जनालाई ६ महिना कैद

खबरडबली संवाददाता

बझाङ । विशेष अदालतले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष, वडाध्यक्ष र कर्मचारीसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा अदालतले उनीहरूलाई कैद र जरिवानाको सजाय सुनाएको हो।

न्यायाधीश तेजनारायण सिंह र रामबहादुर थापाबीच राय बाझिएपछि आइतबार विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दा पेश भएको थियो।

सिंहले दिएको दोषी ठहरको रायमा न्यायाधीश श्रेष्ठले समर्थन गरेसँगै खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष भिम बहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार रावल, इन्जिनियर सुरेन्द्र बहादुर खाती, असिस्टेन्ट सब–इन्जिनियर जनक थापा मगर तथा उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकाया दोषी ठहर भएका हुन्।

अदालतले दोषी ठहर भएका सबैलाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम गाउँपालिका अध्यक्षसहित ५ जनालाई र सोही ऐनको दफा २२ बमोजिम मतियारको रूपमा उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकायालाई समान सजाय सुनाइएको हो।

बहसका क्रममा प्रतिवादीहरूले कागजात “भुलवश” तयार भएको र पछि सच्याइएकाले भ्रष्टाचारको नियत नरहेको दाबी गरेका थिए। तर, विशेष अदालतले योजना नै नभएको स्थानमा सम्झौता गर्ने, अनुगमन प्रतिवेदन बनाउने र चेक काट्नेसम्मको कार्यलाई भुलवश भन्न नसकिने ठहर गरेको छ।

फैसलामा अदालतले भनेको छ, “विभिन्न तहगत प्रक्रियाबाट योजना नै नभएको ठाउँमा सम्झौता, अनुगमन र भुक्तानी प्रक्रिया अघि बढाइनु भुलवश भएको मान्न मिल्दैन। बहु व्यक्तिहरूको संलग्नतामा भएको यस्तो कार्य योजनाबद्ध देखिन्छ।”

यस मुद्दामा अर्का प्रतिवादी मदनराज जोशी भने सफाइ पाएका छन्।
जिल्ला बझाङ, खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणको काम आर्थिक वर्ष २०७६/०७७ मै सम्पन्न भइसकेको थियो। तर सोही कार्यलाई आर्थिक वर्ष २०७७/०७८ को नयाँ योजना भन्दै नक्कली उपभोक्ता समिति गठन, लागत अनुमान, सम्झौता तथा कार्य सम्पन्न प्रतिवेदनसमेतका झुटा कागजात तयार गरिएको थियो।

ती कागजातका आधारमा १४ लाख ८ हजार ८१७ रुपैयाँ भुक्तानीका लागि चेकसमेत जारी गरिएको थियो। तर अनियमितताको विषय बाहिर आएपछि भुक्तानी हुनु अघि नै बैंकलाई पत्राचार गरी चेक रद्द गरिएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रे: विवादमा रोकिएको सीडीओ भवनभित्र शव फेला, प्रहरीले थाल्याे अनुसन्धानमा

काभ्रेमा निर्माणाधीन सीडीओ कार्यालयभित्र जलेको अवस्थामा पुरुषको शव फेला

कांग्रेस विशेष महाधिवेशन : देउवा–गगन–विश्वप्रकाश संवादका लागि तयारी

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बीचमा पार्टी एकता र नेतृत्वको विषयमा जारी असमझदारीको बीचमा सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगनकुमा...

इरानमा सडक युद्ध: दमन र विरोधबीच देश तनावग्रस्त

काठमाडौँ। इरानमा दुई हप्ताभन्दा बढी समयदेखि जारी सरकारविरोधी आन्दोलनले देशलाई पूर्ण रूपमा तनावग्रस्त बनाएको छ। प्रारम्भमा महँगी र आर्थिक असमानताको विर...

शरथ रंगशालामा नेसनल लिग २०८२ उदघाटन, सज्जनराज वैद्यको भव्य सांगीतिक प्रस्तुति

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेसनल लिग २०८२ माघ ३० गते बुधबारदेखि सुरु हुँदैछ। यस लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लि...

‘गाह्रो छ हो’ मा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रि, पुकु पनि उपस्थित

काठमाडौँ। नेपाली दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य सिरियल ‘गाह्रो छ हो’ को भाग ९ मा नयाँ ट्विस्ट आएको छ। यस भागमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रिल...

महामन्त्रीद्वयको प्रस्तावसहित ४ विषयमा छलफल गर्न ९ समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको आइतबारबाट सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार पनि जारी रह्यो। बन्दसत्रको प्रारम्भमै महामन्त्रीद्वय गगनकुमार थापा र...

समानुपातिक उम्मेदवारी फिर्ताका लागि रास्वपाकी केन्द्रीय सदस्य रञ्जु दर्शनाकाे निवेदन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य रञ्जु दर्शनाले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दि...

जेनजी आन्दोलनपछि पहिलोपटक राष्ट्रिय सभा बस्दै, संसद् भवन जलेपछि सिंहदरबारमा सारियो बैठक

काठमाडौं । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन क्षतिग्रस्त भएपछि राष्ट्रिय सभाको बैठक अस्थायी रूपमा सिंहदरबारमै बस्ने भएको छ। सं...

जलवायु परिवर्तन र दिगोपनमा एक्चुअरीहरूको भूमिका बढ्दो, ८० प्रतिशतकाे व्यावसायिक संलग्नता बढेको भनाइ

काठमाडौँ । विश्वभरका अधिकांश एक्चुअरीहरू पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन र दिगोपनसम्बन्धी कार्यमा आफ्नो व्यावसायिक संलग्नता उल्लेख्य रूपमा बढेको बता...

जेन–जीको दबाब बढ्दो: सर्वपक्षीय सरकारको मागसहित माइतीघरमा ढुंगाना समूहको प्रदर्शन

काठमाडौँ । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सर्वपक्षीय सरकार गठनको मागस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending