काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशन भन्ने बहस जारी रहँदा, भदौ २३–२४ गतेको जेनजी आन्दोलनका अगुवाहरूले पार्टीको आन्तरिक विवादमा चासो देखाउँदै विशेष महाधिवेशनको पक्षमा खुला वकालत गर्न थालेका छन्।
जेनजी आन्दोलनका अनुहारहरू रक्षा बम, तनुजा पाण्डे, भावना राउत लगायतले पार्टी नेतृत्व र कार्यशैलीमाथि प्रश्न उठाउँदै विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।
नेपाली कांग्रेसमा अहिले सभापति देउवा पक्षधर ‘संस्थापन पक्ष’ र महामन्त्री गगन थापा–विश्वप्रकाश शर्मा नेतृत्वको परिवर्तन पक्षबीच तीव्र विवाद देखिएको छ। संस्थापन पक्ष नियमित महाधिवेशनमा जोड दिँदै आएको छ भने असन्तुष्ट पक्ष र युवा पुस्ताले विशेष महाधिवेशन एकमात्र वैधानिक विकल्प भएको दाबी गर्दै आएका छन्।
जेनजी अगुवाहरूको प्रमुख टिप्पणीहरू
रक्षा बम : भदौ २३ को घटनालाई स्मरण गर्दै उनले भनेकी छन्, “जो नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोजिरहनुभएको छ, तपाईंहरूले हाम्रो आन्दोलनलाई अस्वीकार गरिरहनुभएको छ। आजको असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक छ, त्यसका लागि विशेष महाधिवेशन अपरिहार्य छ।”
तनुजा पाण्डे : ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर बेवास्ता गर्नु लोकतन्त्रको उपहास भएको बताउँदै उनले खुला आह्वान गरिन् । “कांग्रेस कुनै निजी कम्पनी होइन, यो एक सार्वजनिक चासोको संस्था हो। कार्यतालिका मात्र थप्दै जाने रणनीतिले पार्टीलाई कानुनी रूपमा अवैध बनाउन सक्छ। ५४ प्रतिशत प्रतिनिधिको मागलाई लत्याउनु पार्टीको अस्तित्व रक्षाको विरुद्धमा छ।”
भावना राउत : पुराना नेतृत्वलाई मर्यादित बहिर्गमन (ग्रेसफुल एक्जिट) रोज्न सुझाव दिँदै उनले भनेकी छन्, “आन्दोलन नमान्नेहरुलाई एआई भन्न सक्नुहुन्छ, तर ढलेका लासलाई के भन्नुहुन्छ? अब नेतृत्वको योगदान सम्मानपूर्वक समापन हुने समय आएको छ। निर्वाचन अघि पार्टीले नयाँ वा विद्यमान नेतृत्वलाई महाधिवेशनमार्फत प्रमाणीकरण गर्नैपर्छ।”
जेनजी पुस्ताको चासो
जेनजी अगुवाहरूका अनुसार राजनीतिक दलहरू कुनै व्यक्ति वा समूहको मात्र नभई साझा सम्पत्ति हुन्। रक्षा बम र तनुजा पाण्डेले पार्टीको आन्तरिक अकर्मण्यता र राज्यको विगतका घटनालाई जोडेकी छन्। भदौ २३ मा विद्यार्थीमाथि गोली प्रहार भएको दिनदेखि नै राजनीतिक दलहरूको जिम्मेवारी र आन्तरिक लोकतन्त्रमा चासो राख्नुपर्ने बताइएको छ।
पाण्डेले कांग्रेसलाई सामाजिक पुँजीको संज्ञा दिँदै भनिन्, “देश बनाउन राज्यसत्तामा जाने दलहरूको आन्तरिक लोकतन्त्र, पात्र र संस्कार कस्तो छ भन्ने कुरा राष्ट्रिय मुद्दासँग प्रत्यक्ष सम्बन्धित छ।”
जेनजी अगुवाहरूका अनुसार, भूराजनीतिक प्रभाव र विभिन्न शक्ति केन्द्रले नेपालको राजनीतिक प्रणालीमा हस्तक्षेप गर्न खोजेको अवस्थामा, दलहरूभित्रको एकता र ध्रुवीकरणको निगरानी नागरिक र पार्टी दुवैको जिम्मेवारी हो।
यसैबीच, कांग्रेस संस्थापन पक्षले पनि भूराजनीतिक कारणले पार्टी विभाजनको जोखिममा पुगेको ठहर गर्दै, भित्रिया र बाहिरी शक्तिको सक्रियता औंल्याएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - ०९:१९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...
पौष २६ गते, २०८२ - ०९:१९
काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । ह...
पौष २५ गते, २०८२ - २०:३७
झापा । झापाको दमक नगरपालिका–९ स्थित स्वस्तिक थुप्पा उद्योग र नजिकैको एक घरमा आगलागी हुँदा करिब रु १ करोड ३० लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहर...
पौष २५ गते, २०८२ - २०:३३
काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहँदा आज काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियसमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका ...
पौष २५ गते, २०८२ - २०:३०
सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ)ले देशको विकास र समृद्धिका लागि श्रमदान अनिवार्य रहेको बत...
पौष २५ गते, २०८२ - २०:२८
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले आफ्नो स्थापना ५० औँ वर्षको अवसरमा आयोजित स्वर्ण महोत्सव अन्तर्गत बिहीबार र शुक्...
पौष २५ गते, २०८२ - २०:२४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी (निर्वाचन) प्रहरी भर्ना खुलाएसँगै आवेदन प्रक्रिया शुक्रबारदेखि स...
पौष २५ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशन भन्ने बहस जारी रहँदा, भदौ २३–२४ गतेको जेनजी आन्दोलनका अगुवाहरूले पार्टीको आन्तरिक विवादमा चा...
पौष २५ गते, २०८२ - १९:५०
काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले काठमाडौं ...
पौष २५ गते, २०८२ - १९:३४
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद निकाल्न नपाइने व्यवस्था लागू गरेको छ। अब ५ लाखभन्दा माथिको चेक अनिवार्य एकाउन्...




प्रतिकृया लेख्नुहोस्: