काठमाडौं। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा स्वयं सहभागी हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।
शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको तयारीका क्रममा पुगेका भण्डारीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस देउवाको नेतृत्वमा बनेको पार्टी भएकाले विशेष महाधिवेशनमा उनको उपस्थिति अपरिहार्य रहेको बताए।
उनले पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनमा देशभरका महाधिवेशन प्रतिनिधि सहभागी हुने विश्वास व्यक्त गर्दै, सबै शीर्ष नेताहरू पनि त्यसमा उपस्थित हुने वातावरण बन्नुपर्ने उल्लेख गरे।
भण्डारीले विशेष महाधिवेशनले कांग्रेसको वर्तमान दिशा र भविष्यको मार्गचित्र तय गर्ने दाबी गरे। यस क्रममा उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मातर्फ संकेत गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी उनीहरूको काँधमा अझ बढी रहेको बताए।
उनका अनुसार, विशेष महाधिवेशन कांग्रेसभित्र देखिएको मतभेद समाधान गर्दै पार्टीलाई नयाँ राजनीतिक चरणतर्फ लैजाने निर्णायक अवसर हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - २०:५३
काठमाडौं । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...
चैत्र ६ गते, २०८२ - २०:५१
हुम्ला । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...
चैत्र ६ गते, २०८२ - २०:४३
सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...
चैत्र ६ गते, २०८२ - २०:३९
मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...
चैत्र ६ गते, २०८२ - २०:३७
काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...
चैत्र ६ गते, २०८२ - २०:३१
चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनु...
चैत्र ६ गते, २०८२ - २०:२४
सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होट...
चैत्र ६ गते, २०८२ - २०:११
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्ष...
चैत्र ६ गते, २०८२ - २०:०८
काठमाडौं। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा Chinaले बधाई ज्ञापन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्व...
चैत्र ६ गते, २०८२ - २०:०७
काठमाडौं । लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षास...


प्रतिकृया लेख्नुहोस्: