Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

चिसो बढेसँगै मरिण गाउँपालिकाको मानवीय पहल: अनाथ बालबालिकालाई न्यानो पोसाक

खबरडबली संवाददाता

सिन्धुली। बढ्दो चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि मरिण गाउँपालिकाले सामाजिक जिम्मेवारी निर्वाह गर्दै अनाथ तथा विपन्न बालबालिकालाई न्यानो पोसाक वितरण गरेको छ।

मरिण गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय मरिण खयरसालमा अध्ययनरत २७ जना अनाथ तथा विपन्न बालबालिकालाई न्यानो पोसाक (ट्याकसुट) प्रदान गरिएको हो।

गाउँपालिकाका अध्यक्ष विमर्श मोक्ता (प्रख्यात) ले विद्यालयमै पुगेर १७ जना अनाथ र १० जना विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरे। पछिल्ला दिनहरूमा अत्यधिक चिसो बढेसँगै बालबालिकाहरू बिरामी पर्न थालेपछि न्यानो पोसाकको आवश्यकता महसुस भएको विद्यालयका प्रधानाध्यापक मानध्वज बम्जनले बताए।

विद्यालयमा हाल अभिभावकविहीन, द्वन्द्वपीडित लगायतका १७ जना अनाथ बालबालिका अध्ययनरत छन्। चिसोबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले विद्यालयको सिफारिसमा पहिलो चरणमा २७ जनालाई पोसाक वितरण गरिएको अध्यक्ष मोक्तानले जानकारी दिए।

उनका अनुसार, मरिण गाउँपालिकाले मावि मरिण खयरसालमा १७ जना अनाथ बालबालिकालाई आवाससहित निःशुल्क अध्ययनको व्यवस्था गर्दै आएको छ। स्थानीय सरकारको यो पहलले विपन्न तथा असहाय बालबालिकाको शिक्षासँगै जीवनस्तरमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण

काठमाडौं  । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...

ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते

हुम्ला  । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...

प्रदेशसभामा बोल्न नदिएको भन्दै पूर्वमुख्यमन्त्री शर्माको असन्तुष्टि

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...

युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १ सय भन्दा बढी व्यक्ति पक्राउ

काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य, कतिमा हुन्छ बिक्री ?

चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनु...

ग्यास आपूर्ति कडाइको असर : भारतबाट नेपाली मजदुर स्वदेश फर्किन थाले

सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होट...

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्ष...

निर्वाचन सम्पन्न भएकोमा चीनको बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन सहकार्यको प्रतिबद्धता

काठमाडौं। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा Chinaले बधाई ज्ञापन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्व...

बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

काठमाडौं । लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षास...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: