काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनको कार्यसूची सार्वजनिक भइसकेको भन्दै विशेष महाधिवेशन आवश्यक नरहेको संस्थापन पक्षको तर्कलाई कडा शब्दमा अस्वीकार गरेका छन् । उनले यस्तो तर्कले विशेष महाधिवेशनको मूल मर्म र मागलाई नै बेवास्ता गर्ने काम भइरहेको टिप्पणी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा बोल्दै महामन्त्री थापाले भने, ‘नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको आधारभूत विषयलाई नै बिर्सिनु हो । चुनावअघि नै नेतृत्व फेर्ने स्पष्ट मागलाई नियमित अधिवेशनको बहानामा पन्छाउन मिल्दैन ।’
थापाले विशेष महाधिवेशनको माग प्रक्रियागत र वैधानिक भएको उल्लेख गर्दै प्रक्रियाबाट भाग्ने प्रयास पार्टीका लागि दीर्घकालीन रूपमा घातक हुने चेतावनी दिए । पार्टीभित्र अवैधानिक बाटो रोज्न खोजे त्यसले कांग्रेसलाई गम्भीर संकटमा धकेल्ने उनको भनाइ थियो ।
‘प्रक्रियामा नजाने र अवैधानिक रूपमा समस्याको समाधान खोज्ने प्रवृत्ति घातक हुन्छ,’ थापाले भने, ‘विशेष महाधिवेशनको मञ्चमा आउने सबै कार्यकर्ता हाम्रो आफ्नै परिवारका सदस्य हुन् । यसले पार्टीलाई दुई ध्रुवमा बाँड्ने स्थिति सिर्जना हुन दिनु हुँदैन ।’
महामन्त्री थापाले आसन्न प्रतिनिधिसभा निर्वाचनअघि नेतृत्व परिवर्तन अपरिहार्य भएको तर्क गर्दै त्यसका लागि विशेष महाधिवेशन नै एकमात्र विकल्प रहेको बताए । पार्टी विधान र वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दा नियमित महाधिवेशनको कार्यसूची सार्वजनिक भएकै आधारमा विशेष महाधिवेशनको औचित्य समाप्त नहुने उनको भनाइ थियो ।
थापाका अनुसार विशेष महाधिवेशनको माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको विशिष्ट र संवैधानिक अधिकार हो । उनले विशेष महाधिवेशनको प्रस्ताव किन ल्याइयो भन्नेबारे स्पष्ट पार्दै भने, ‘अहिले असाधारण अवस्था छ । चुनावभन्दा अगाडि नै अधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । यदि नियमित अधिवेशनले यो आवश्यकता सम्बोधन गर्न सक्दैन भने विशेष महाधिवेशन नै अन्तिम विकल्प हो ।’
विधानले विशेष महाधिवेशनका लागि ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्ने व्यवस्था सामान्य अवस्थाका लागि नभई असाधारण परिस्थितिका लागि गरिएको थापाको भनाइ थियो । ४० प्रतिशत प्रतिनिधि संगठित भएर आउनु आफैंमा गम्भीर सन्देश भएको भन्दै नेतृत्वले यसलाई हल्का रूपमा लिन नहुनेमा उनले जोड दिए ।
महामन्त्री थापाले कार्यवाहक सभापतिमार्फत पार्टी सभापतिलाई सन्देश दिँदै लचकता देखाउन, विशेष महाधिवेशनको मागलाई सम्मान गर्न र संवाद तथा समझदारीको बाटो खोज्न आग्रह गरेका छन् । नेतृत्वले समयमै निर्णय नगरे पार्टी अझ अप्ठ्यारो स्थितिमा फस्ने चेतावनी पनि उनले दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १९:२७
काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...
पौष २४ गते, २०८२ - १९:२१
विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक
पौष २४ गते, २०८२ - १९:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...
पौष २४ गते, २०८२ - १९:०४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...
पौष २४ गते, २०८२ - १८:११
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...
पौष २४ गते, २०८२ - १८:०८
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...
पौष २४ गते, २०८२ - १८:०६
जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान
पौष २४ गते, २०८२ - १७:५५
सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी
पौष २४ गते, २०८२ - १७:५३
ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...
पौष २४ गते, २०८२ - १७:४९
काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक




प्रतिकृया लेख्नुहोस्: