काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनको कार्यसूची सार्वजनिक भइसकेको भन्दै विशेष महाधिवेशन आवश्यक नरहेको संस्थापन पक्षको तर्कलाई कडा शब्दमा अस्वीकार गरेका छन् । उनले यस्तो तर्कले विशेष महाधिवेशनको मूल मर्म र मागलाई नै बेवास्ता गर्ने काम भइरहेको टिप्पणी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा बोल्दै महामन्त्री थापाले भने, ‘नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको आधारभूत विषयलाई नै बिर्सिनु हो । चुनावअघि नै नेतृत्व फेर्ने स्पष्ट मागलाई नियमित अधिवेशनको बहानामा पन्छाउन मिल्दैन ।’
थापाले विशेष महाधिवेशनको माग प्रक्रियागत र वैधानिक भएको उल्लेख गर्दै प्रक्रियाबाट भाग्ने प्रयास पार्टीका लागि दीर्घकालीन रूपमा घातक हुने चेतावनी दिए । पार्टीभित्र अवैधानिक बाटो रोज्न खोजे त्यसले कांग्रेसलाई गम्भीर संकटमा धकेल्ने उनको भनाइ थियो ।
‘प्रक्रियामा नजाने र अवैधानिक रूपमा समस्याको समाधान खोज्ने प्रवृत्ति घातक हुन्छ,’ थापाले भने, ‘विशेष महाधिवेशनको मञ्चमा आउने सबै कार्यकर्ता हाम्रो आफ्नै परिवारका सदस्य हुन् । यसले पार्टीलाई दुई ध्रुवमा बाँड्ने स्थिति सिर्जना हुन दिनु हुँदैन ।’
महामन्त्री थापाले आसन्न प्रतिनिधिसभा निर्वाचनअघि नेतृत्व परिवर्तन अपरिहार्य भएको तर्क गर्दै त्यसका लागि विशेष महाधिवेशन नै एकमात्र विकल्प रहेको बताए । पार्टी विधान र वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दा नियमित महाधिवेशनको कार्यसूची सार्वजनिक भएकै आधारमा विशेष महाधिवेशनको औचित्य समाप्त नहुने उनको भनाइ थियो ।
थापाका अनुसार विशेष महाधिवेशनको माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको विशिष्ट र संवैधानिक अधिकार हो । उनले विशेष महाधिवेशनको प्रस्ताव किन ल्याइयो भन्नेबारे स्पष्ट पार्दै भने, ‘अहिले असाधारण अवस्था छ । चुनावभन्दा अगाडि नै अधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । यदि नियमित अधिवेशनले यो आवश्यकता सम्बोधन गर्न सक्दैन भने विशेष महाधिवेशन नै अन्तिम विकल्प हो ।’
विधानले विशेष महाधिवेशनका लागि ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्ने व्यवस्था सामान्य अवस्थाका लागि नभई असाधारण परिस्थितिका लागि गरिएको थापाको भनाइ थियो । ४० प्रतिशत प्रतिनिधि संगठित भएर आउनु आफैंमा गम्भीर सन्देश भएको भन्दै नेतृत्वले यसलाई हल्का रूपमा लिन नहुनेमा उनले जोड दिए ।
महामन्त्री थापाले कार्यवाहक सभापतिमार्फत पार्टी सभापतिलाई सन्देश दिँदै लचकता देखाउन, विशेष महाधिवेशनको मागलाई सम्मान गर्न र संवाद तथा समझदारीको बाटो खोज्न आग्रह गरेका छन् । नेतृत्वले समयमै निर्णय नगरे पार्टी अझ अप्ठ्यारो स्थितिमा फस्ने चेतावनी पनि उनले दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - २०:५३
काठमाडौं । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...
चैत्र ६ गते, २०८२ - २०:५१
हुम्ला । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...
चैत्र ६ गते, २०८२ - २०:४३
सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...
चैत्र ६ गते, २०८२ - २०:३९
मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...
चैत्र ६ गते, २०८२ - २०:३७
काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...
चैत्र ६ गते, २०८२ - २०:३१
चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनु...
चैत्र ६ गते, २०८२ - २०:२४
सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होट...
चैत्र ६ गते, २०८२ - २०:११
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्ष...
चैत्र ६ गते, २०८२ - २०:०८
काठमाडौं। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा Chinaले बधाई ज्ञापन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्व...
चैत्र ६ गते, २०८२ - २०:०७
काठमाडौं । लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षास...


प्रतिकृया लेख्नुहोस्: