राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टीका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई भेट्दै पुस २७ गते आयोजना हुने पृथ्वी जयन्ती तथा चियापान समारोहको निम्तो दिएका हुन् । राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले उक्त जानकारी दिएका छन् ।
‘अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा हामी राप्रपा टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थियौं । त्यहाँ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने चियापान समारोहमा सहभागी हुन निम्तो दिएका हौं,’ श्रेष्ठले भने ।
उनका अनुसार भेटका क्रममा प्रधानमन्त्री कार्कीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धा व्यक्त गर्दै कार्यक्रममा सहभागी हुने प्रतिबद्धता जनाएकी छन् । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने,
‘सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई श्रद्धा गर्छ, गर्नुपर्छ । तपाईंहरूले प्रधानमन्त्रीको रूपमा मलाई निम्ता गर्नुभयो, म आउँछु । विगतमा को आए, को आएनन् भन्ने कुरा हेर्ने होइन, म चाहिँ आउँछु ।’
राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता, पहिचान र इतिहाससँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको छ । यसपटकको कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि निम्तो दिइएको राप्रपाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १९:२७
काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...
पौष २४ गते, २०८२ - १९:२१
विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक
पौष २४ गते, २०८२ - १९:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...
पौष २४ गते, २०८२ - १९:०४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...
पौष २४ गते, २०८२ - १८:११
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...
पौष २४ गते, २०८२ - १८:०८
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...
पौष २४ गते, २०८२ - १८:०६
जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान
पौष २४ गते, २०८२ - १७:५५
सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी
पौष २४ गते, २०८२ - १७:५३
ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...
पौष २४ गते, २०८२ - १७:४९
काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक




प्रतिकृया लेख्नुहोस्: