राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टीका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई भेट्दै पुस २७ गते आयोजना हुने पृथ्वी जयन्ती तथा चियापान समारोहको निम्तो दिएका हुन् । राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले उक्त जानकारी दिएका छन् ।
‘अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा हामी राप्रपा टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थियौं । त्यहाँ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने चियापान समारोहमा सहभागी हुन निम्तो दिएका हौं,’ श्रेष्ठले भने ।
उनका अनुसार भेटका क्रममा प्रधानमन्त्री कार्कीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धा व्यक्त गर्दै कार्यक्रममा सहभागी हुने प्रतिबद्धता जनाएकी छन् । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने,
‘सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई श्रद्धा गर्छ, गर्नुपर्छ । तपाईंहरूले प्रधानमन्त्रीको रूपमा मलाई निम्ता गर्नुभयो, म आउँछु । विगतमा को आए, को आएनन् भन्ने कुरा हेर्ने होइन, म चाहिँ आउँछु ।’
राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता, पहिचान र इतिहाससँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको छ । यसपटकको कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि निम्तो दिइएको राप्रपाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: