काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार करिब तीन घण्टा लामो भेटवार्तामा मुख्य रूपमा आगामी निर्वाचनका विषयमा छलफल भएको छ । भेटका क्रममा प्रधानमन्त्री कार्कीले देशमा निर्वाचनको माहोल बन्दै गएको उल्लेख गर्दै सबै दललाई उत्साहपूर्ण ढंगले निर्वाचनमा सहभागी हुन आग्रह गरेकी थिइन् ।
तर एमाले अध्यक्ष ओलीले भने सरकार निर्वाचनको तयारीमा गम्भीर नदेखिएको दाबी गरेका छन् । आफूहरू निर्वाचनको तीव्र तयारीमा रहे पनि देशमा अझै निर्वाचनको अनुकूल वातावरण बन्न नसकेको ओलीको भनाइ रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारप्रति ओली पछिल्लो समय निरन्तर आलोचनात्मक देखिँदै आएका छन् । सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्न सक्ने दाबीसमेत ओलीले यसअघि गर्दै आएका छन् ।
यसअघि राष्ट्रपति निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । उक्त भेटमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की, ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।
प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष ओलीबीचको यो पहिलो एक्लाएक्लै भेट हो । भेटलाई वर्तमान राजनीतिक अवस्था र आगामी निर्वाचनको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १९:२७
काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...
पौष २४ गते, २०८२ - १९:२१
विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक
पौष २४ गते, २०८२ - १९:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...
पौष २४ गते, २०८२ - १९:०४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...
पौष २४ गते, २०८२ - १८:११
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...
पौष २४ गते, २०८२ - १८:०८
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...
पौष २४ गते, २०८२ - १८:०६
जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान
पौष २४ गते, २०८२ - १७:५५
सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी
पौष २४ गते, २०८२ - १७:५३
ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...
पौष २४ गते, २०८२ - १७:४९
काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक




प्रतिकृया लेख्नुहोस्: