काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएको छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो। उनले जेन–जीहरुलाई भड्काएर हिंसा सिर्जना गर्नेहरु पनि विस्तारै निर्वाचनको पक्षमा आएको बताए।
उनले दण्डहिनता गृह मन्त्रालयले सहन नसक्ने बताए। उनले मिस इन्फरमेसन, डिसइन्फरमेसन केही पनि गर्न सरकारले नदिने जिकिर गरे।
निर्वाचन सुरक्षित, निष्पक्ष ढंगले हुने पनि बताए। मन्त्री अर्यालले निर्वाचन नै एकमात्र र सही विकल्प भएको बताए।
आन्दोलनका क्रममा लुटिएका केही हतियारहरु बाहिर रहेको तर निर्वाचन नै रोकिने गरीकन हतियार बाहिर नरहेको बताए। वर्तमान सरकारलाई अन्तर्राष्ट्रिय समर्थन रहेको बताउँदै कुनैपनि हिसावले अहिलेको सरकार निर्वाचन गराउन सक्षम रहेको बताए। निर्वाचनमा राज्यको लगानी धेरै भइसकेकाले अब फर्किने छुट नरहेको बताए। एक लाख भन्दा बढी निर्वाचन प्रहरीको भर्ना खलाइएको बताए। निर्वाचन अब नरोकिने स्पष्ट पारे।
उनले भने, ‘निर्वाचनको सुरक्षाको विषयवस्तु छ। सरकार निर्वाचनको विषयवस्तुमा जिम्मेवार छ। जेनजी पुस्ता जिम्मेवार छ। जेनजी पुस्ताले अहिले निहुँ खोजेको देख्दिन मैले। कतिपयले ताली बजाउन, हिंसा भड्काउन, कता कता हिँड्न प्रोत्साहन दिए। दण्डहिनता गृह मन्त्रालयले रहन दिँदैन। निर्वाचनको सुरक्षाको लागि आफ्नो तयारी हुनुपर्छ। सुरक्षा सरकारको कर्तव्य हो, स्टेक होल्डरको पनि कर्तव्य हो। सुरक्षामा कुनै कमजोरी छैन। बाहिर अफवाह विभिन्न फैलिएका छन्। तर त्यो अन्तिम सत्य होइन। निर्वाचन सुरक्षित, निष्पक्ष ढंगले हुन्छ।’
मन्त्री अर्यालले आफ्नो पहिलो प्राथमिकता देश र मानवता जोगाउनु रहेको बताए। आफू सही रहेको र नागरिकसँगै रहेको जिकिर गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८२ - १४:०६
सुलीकोट। उत्तरी गोरखाको हिमाल पारीको गाउँपालिका चुमनुब्री गाउँपालिका गण्डकी प्रदेशमै स्थानिय तहबाटै स्थायी लेखा नम्बर ९प्यान० कार्ड जारी गर्ने पहिलो प...
पौष २५ गते, २०८२ - १३:४९
धनगढी । सेती प्रादेशिक अस्पतालमा शल्यक्रियामार्फत शिशु जन्माएपछि मृत्यु भएकी महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावरी नगरपालिका–८ बस्ने ३३ वर्षी...
पौष २५ गते, २०८२ - १३:३८
काठमाडौं। नेपाल कम्यनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भोलि अर्थात् पुस २६ गते बस्ने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग...
पौष २५ गते, २०८२ - १३:२१
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश भ्रमणले मात्र मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन्। मन्त्री पुनले मन्त्री भएर ...
पौष २५ गते, २०८२ - १३:१२
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको माग गरेका प्रतिनिधिसँग संवाद र सहमतिमा जान पार्टी नेतृत्वलाई अपिल ...
पौष २५ गते, २०८२ - १२:५९
जाजरकोट। जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका ८ घोगीदेखि थलह जाने क्रममा नाउरीघाट भन्ने स्थानमा जिप दुर्घ...
पौष २५ गते, २०८२ - १२:१७
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन्। पार्टीभित्र विशेष महाधिवेशनको प...
पौष २५ गते, २०८२ - १२:०९
महोत्तरी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति ...
पौष २५ गते, २०८२ - ११:५८
गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि गुल्मीमा १६ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वा...
पौष २५ गते, २०८२ - ११:११
काठमाडौँ । गृह मन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले बिहीबार मन्त्रालयमा धार्मिक क्षे...




प्रतिकृया लेख्नुहोस्: