काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र काम गर्न सक्ने जनप्रतिनिधि मात्र चुन्न आग्रह गरेका छन्।
राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले एउटा कानुन बनाउन पाँच वर्ष र त्यसको प्रत्यायोजित विधायन बनाउन अर्को पाँच वर्ष लगाउने जनप्रतिनिधिलाई पुन: भोट दिन नहुने बताएका हुन्।
‘यस्ता प्रतिनिधिलाई फेरि भोट हाल्न जाँदा हात काम्नुपर्छ,’ उनले भने, ‘अब जनतालाई डेलिभर गर्न सक्ने र जनतासँग जोडिन सक्ने प्रतिनिधि चुन्ने समय आएको छ।’
जेन–जी आन्दोलनले योग्य जनप्रतिनिधि छान्ने अवसर दिएको उल्लेख गर्दै उनले सरकारले समयमै निर्वाचन गर्न प्रतिबद्ध रहेको बताए। ‘५ जनाले ताली बजाउ भनेपछि ताली बजाएर कानुन पारित गर्ने व्यक्तिलाई चुनेर पठाइयो भने १० वर्षपछि पनि हामी यहीँ फर्केर आइरहेका हुन्छौँ,’ उनले भने।
मन्त्री सिन्हाले आवश्यकताका आधारमा प्राथमिकता दिएर कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै बाझिने खालका कानुन बनाउन नहुने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८२ - १३:२१
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश भ्रमणले मात्र मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन्। मन्त्री पुनले मन्त्री भएर ...
पौष २५ गते, २०८२ - १३:१२
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको माग गरेका प्रतिनिधिसँग संवाद र सहमतिमा जान पार्टी नेतृत्वलाई अपिल ...
पौष २५ गते, २०८२ - १२:५९
जाजरकोट। जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका ८ घोगीदेखि थलह जाने क्रममा नाउरीघाट भन्ने स्थानमा जिप दुर्घ...
पौष २५ गते, २०८२ - १२:१७
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन्। पार्टीभित्र विशेष महाधिवेशनको प...
पौष २५ गते, २०८२ - १२:०९
महोत्तरी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति ...
पौष २५ गते, २०८२ - ११:५८
गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि गुल्मीमा १६ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वा...
पौष २५ गते, २०८२ - ११:११
काठमाडौँ । गृह मन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले बिहीबार मन्त्रालयमा धार्मिक क्षे...
पौष २५ गते, २०८२ - ११:०६
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलतिर झुक्ने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित बागमत...
पौष २५ गते, २०८२ - ११:००
काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हज...
पौष २५ गते, २०८२ - १०:४७
सप्तरी। सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ४ स्थित क...




प्रतिकृया लेख्नुहोस्: