नेपालगन्ज। गत पाँच वर्षदेखि नेपाली नागरिकता प्राप्तिका लागि संघर्ष गर्दै आएका कोहलपुर नगरपालिका–११ का मोहन गोडियाले अन्तत: नेपाली नागरिकता प्राप्त गरेको छन्।
नागरिकता प्राप्तिका लागि उहाँले अड्डा–अदालतदेखि गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म धाउनुपरेको थियो । तर विभिन्न निकायबाट आश्वासन मात्रै पाए पनि लामो समयसम्म नागरिकता पाउन सकेको थिएन ।
पाँच वर्षको अथक प्रयासपछि गोडियाले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको हातबाट नागरिकता प्राप्त गरे। नागरिकता पाएपछि उनले भने, “आज मेरो खुसीको कुनै सीमा छैन । पाँच वर्षदेखि जारी नागरिकता प्राप्तिको लडाइँ आज पूरा भएको छ ।”
गोडिया राष्ट्रिय खेलाडी छन्। नागरिकता नहुँदा उनको खेलकुद करिअर अगाडि बढाउन समस्या भइरहेको थियो भने पढाइसमेत प्रभावित भएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन नियमावली चौथोपटक संशोधन भई राजपत्रमा प्रकाशित भएसँगै गोडियालाई नागरिकता प्राप्त गर्ने बाटो खुलेको हो ।
यसअघि जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता भएमा मात्र नागरिकता पाउने कानुनी व्यवस्था थियो । आमा वा बाबुको मृत्यु भएको वा बाबु वेपत्ता भएको अवस्थामा त्यस्ता सन्तान नागरिकताबाट वञ्चित हुँदै आएका थिए । पछिल्लो संशोधनले भने जन्मसिद्ध नागरिकता भएका व्यक्तिका सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छ ।
नेपाली वंशकी महिलाबाट जन्मिएका सन्तान तथा बाबुको पहिचान खुल्न नसकेका कारण नागरिकता नपाएका नागरिकको समस्या पनि नयाँ संशोधनले सम्बोधन गरेको छ । संशोधनअनुसार आमा जीवित रहेको अवस्थामा आमाको स्वघोषणाका आधारमा र आमा निधन भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र पेश गरी नागरिकता लिन सकिने व्यवस्था गरिएको छ ।
गोडियाका पिता लामो समयदेखि सम्पर्कविहीन रहेको छन् । छोराले नागरिकता पाएपछि उनकी आमा माया कुमारी गोडियाले छोराले न्याय पाएको भन्दै खुसी व्यक्त गरे। साथै उनले नयाँ कानुनले नागरिकताविहीन अवस्थामा रहेका धेरै सन्तानले नागरिकता पाउने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८२ - ११:११
काठमाडौँ । गृह मन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले बिहीबार मन्त्रालयमा धार्मिक क्षे...
पौष २५ गते, २०८२ - ११:०६
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलतिर झुक्ने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित बागमत...
पौष २५ गते, २०८२ - ११:००
काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हज...
पौष २५ गते, २०८२ - १०:४७
सप्तरी। सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ४ स्थित क...
पौष २४ गते, २०८२ - १७:२१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट घटकलाई एकीकृत गर्दै अगाडि बढ्ने प्रक्रिया जारी रहेको बताएक...
पौष २४ गते, २०८२ - १६:५१
काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएको छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्...
पौष २४ गते, २०८२ - १६:४२
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । ...
पौष २४ गते, २०८२ - १६:३७
नारायणगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी...
पौष २४ गते, २०८२ - १६:२७
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र काम गर्न सक्ने जनप्रतिनिधि मात्र चुन्न आग्र...
पौष २४ गते, २०८२ - १६:०७
पार्टीको आन्तरिक झगडामा प्रवेश नगर्ने आयोगको जवाफ




प्रतिकृया लेख्नुहोस्: