Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

कोशीमा राष्ट्रियसभा लडाइँ: दुई ठूला दलको गठबन्धन अगाडि नेकपाकाे अस्तित्व नै संकटमा

खबरडबली संवाददाता

काठमाडाैं  । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा मनोनयन प्रक्रिया सम्पन्न भएसँगै राजनीतिक शक्ति सन्तुलन स्पष्ट देखिन थालेको छ । तीन पदका लागि पाँच जनाको उम्मेदवारी परे पनि अंकगणितीय हिसाबले हेर्दा कांग्रेस–एमाले–जसपा गठबन्धन अत्यन्तै बलियो अवस्थामा देखिएको छ भने नेकपा गम्भीर दबाबमा परेको छ ।

अन्यतर्फ समूहबाट नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी दलित र महिलातर्फ कांग्रेस–एमाले–जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) उम्मेदवार छन् । पूर्व माओवादी केन्द्रले नेकपाकाे तर्फबाट दलिततर्फ खेम सुन्दास र महिलातर्फ नमिता न्यौपानेलाई मैदानमा उतारेको छ ।

मनोनयनपछि अब उम्मेदवारहरू आफ्ना एजेन्डा बोकेर मतदाता—प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख—समक्ष पुग्ने तयारीमा छन् । तर मतभारको यथार्थ हेर्दा प्रतिस्पर्धा भन्दा पनि परिणाम लगभग निश्चितजस्तै देखिन्छ । कांग्रेस–एमाले–जसपाको संयुक्त मतभार दुई तिहाइभन्दा धेरै भएकाले गठबन्धनका उम्मेदवारले जित्नेमा ठूलो शंका छैन । यस्तो अवस्थामा नेकपाका उम्मेदवारहरूका लागि यो चुनाव ‘चुनौती’ भन्दा बढी ‘अस्तित्वको परीक्षा’ बनेको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य नयाँ चयन हुने संवैधानिक व्यवस्था अनुसार यस पटक निर्वाचनबाट १८ जना राष्ट्रियसभामा प्रवेश गर्दैछन् । कोशी प्रदेशमा दलित कोटाबाट माओवादी केन्द्रका गोपी अछामी, अन्य समूहबाट एमालेका देवेन्द्र दाहाल र महिलातर्फ एमालेकी इन्दु गौतमको कार्यकाल सकिन लागेपछि ती पदमा निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दर्ता, पुस २७ गते उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन, र पुस २८ गते निर्वाचन चिह्न वितरण गरिनेछ । मतदान भने माघ ११ गते हुनेछ ।

कोशी प्रदेशमा राष्ट्रियसभाका लागि जम्मा ३६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन्, जसको मतभार ५३ हुन्छ । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ । दलगत मतभार हेर्दा एमालेको ४,२१०, कांग्रेसको ३,६८४, माओवादी केन्द्रको १,२९७, राप्रपाको ३९४, एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

अंकगणितीय दृष्टिले कांग्रेस र एमालेबीचको गठबन्धन अत्यन्त सुरक्षित देखिए पनि कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन इतिहास भने सधैँ सहज रहँदै आएको छैन । यसअघि भएका निर्वाचनमा गठबन्धन हुँदाहुँदै पनि अप्रत्याशित परिणाम आएका उदाहरण छन् ।

२०७८ माघ १२ गतेको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धन (कांग्रेस–माओवादी–एकीकृत समाजवादी–जसपा)का उम्मेदवार हेमराज राईलाई पराजित गर्दै एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए । त्यसबेला गठबन्धनको मतभार बढी भए पनि स्थानीय तहका २९ जनाले फ्लोर क्रस गर्दा परिणाम उल्टिएको थियो ।

यस्तै २०८० माघ ११ गतेको निर्वाचन झनै रोचक रह्यो । सत्ता गठबन्धन (कांग्रेस–माओवादी–एकीकृत समाजवादी)को मतभार स्पष्ट रूपमा बढी हुँदाहुँदै पनि एमालेकी रुक्मिणी कोइराला विजयी भइन् । कांग्रेसका कृष्णप्रसाद सिटौलाले समेत आफ्नै गठबन्धनका सबै मत सुरक्षित गर्न सकेनन् ।

सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा विपक्षी गठबन्धन (एमाले–राप्रपा)का उद्धव पौडेलले ४७ सांसदको मत प्राप्त गरे । स्थानीय तहतर्फ भने सिटौलाले १५३ मत पाउँदा उद्धवले १०९ मत मात्रै पाए । महिलातर्फ पनि सत्ता गठबन्धनकी माओवादी उम्मेदवार चम्पा कार्की एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन् ।

यी परिणामहरूले देखाउँछन्—पहिलो र दोस्रो ठूला दल कांग्रेस र एमाले गठबन्धनमार्फत आफ्ना उम्मेदवार सुरक्षित गर्न सफल भए पनि तेस्रो शक्ति माओवादी केन्द्र भने बारम्बार असुरक्षित बन्दै गएको छ ।

यस पटकको निर्वाचनमा थप एउटा महत्वपूर्ण पक्ष भनेको राप्रपाको अनुपस्थिति हो । राप्रपाले कोशी प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता गराएन । उसले आफ्नो मत कसलाई दिने भन्ने विषयमा अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

अघिल्ला निर्वाचनका अनुभव र वर्तमान मतभारलाई हेर्दा कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा यस पटक पनि ठूलो दलहरूको गठबन्धन बलियो देखिए पनि माओवादी केन्द्रका लागि यो चुनाव परिणामभन्दा बढी पार्टीको संगठनात्मक पकड र राजनीतिक भविष्यको संकेतक बन्ने देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशनको पक्षमा काठमाडौं कांग्रेस

काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...

नियमित महाधिवेशनको बहानामा नेतृत्व परिवर्तन टार्न खोजिँदैछ : गगन थापा

विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक

राप्रपाद्वारा प्रधानमन्त्री कार्कीलाई पृथ्वी जयन्तीकाे निम्तो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...

बालुवाटारमा ओली–कार्कीबीच भेट, निर्वाचनबारे तीन घण्टा छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...

राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरू बालुवाटारमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...

बसमा यात्रा गर्दै हुनुहुन्छ ? सावधान ! नगद र सुनको सिक्री चोरी गर्ने गिरोहका चार जना काठमाडौंमा पक्राउ

काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...

विशेष महाधिवेशनको पक्षमा रसुवा कांग्रेस पनि खुल्यो

जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान

जेनजी आन्दोलनपछि पनि कारागार सुरक्षा चुनौतीमै

सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी

केन्द्रीय कारागारबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...

कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र

काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending