Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

विभाजनको संघारमा कांग्रेसः महामन्त्रीद्वयद्वारा विशेष महाधिवेशनको औपचारिक आह्वान

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्दै सार्वजनिक रूपमा संस्थापन पक्षसँग टकरावको बाटो रोजेका छन् ।

बुधबार संयुक्त वक्तव्य जारी गर्दै महामन्त्रीद्वयले आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेका हुन् । उनीहरूले विशेष महाधिवेशन बोलाउनु महाधिवेशन प्रतिनिधिको वैधानिक, संवैधानिक र राजनीतिक अधिकार भएको दाबी गरेका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पौष २८ भित्र विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूको तर्फबाट गरिएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो । पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानूनी र राजनीतिक रूपमा अपरिहार्य तथा बाध्यकारी भइसकेको छ ।’

महामन्त्रीद्वयले पार्टी विधानको पालना नगर्दै नेतृत्वले जिम्मेवारीविहीन व्यवहार देखाएको आरोपसमेत लगाएका छन् । विधानबमोजिम अनिवार्य रहेको विशेष महाधिवेशन नबोलाइनु, पार्टीको आन्तरिक लोकतन्त्र कुण्ठित हुनु र जिम्मेवारीअनुसार काम नगर्नु पार्टी विधान तथा राजनीतिक दलसम्बन्धी कानुनविपरीत भएको उनीहरूको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ,‘विधानको धारा ३(१२) र धारा २७(१) को व्यवस्थालाई आत्मसात् गर्दै नेपाली कांग्रेसको विधानको धारा १७(२) अनुसार मिति २०८२ साल पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई यसलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक आह्वान गर्दछौं ।’

महामन्त्रीद्वयका अनुसार विशेष महाधिवेशन अब केवल विकल्प मात्र नभई कानूनी र राजनीतिक बाध्यता बनिसकेको छ । पार्टीभित्र लामो समयदेखि देखिएको निर्णयहीनता, नेतृत्वको एकाधिकार प्रवृत्ति र संगठनात्मक जडताको अन्त्यका लागि विशेष महाधिवेशन आवश्यक भएको उनीहरूको तर्क छ ।

यता, कांग्रेसको संस्थापन पक्षले भने महामन्त्रीद्वयद्वारा आह्वान गरिएको विशेष महाधिवेशनलाई अस्वीकार गर्दै त्यसमा सहभागी नहुन पार्टी पङ्क्तिलाई निर्देशन दिइसकेको छ । संस्थापन पक्षको यस्तो निर्देशनपछि पार्टीभित्रको आन्तरिक विवाद झनै चर्किएको छ ।

विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र दुई धार स्पष्ट रूपमा आमनेसामने उभिएका छन् । महामन्त्रीद्वयको कदमलाई सुधारवादी र विधानसम्मत पहल ठान्ने समूह एकातिर देखिएको छ भने यसलाई अनुशासनहीनता र विभाजनको आधार ठान्ने संस्थापन समूह अर्कोतिर उभिएको छ ।

विश्लेषकहरूका अनुसार यदि दुबै पक्षबीच सहमति नजुटे कांग्रेस औपचारिक विभाजनतर्फ उन्मुख हुने जोखिम उच्च छ । विशेष महाधिवेशन सफल वा असफल जे भए पनि त्यसले नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा, नेतृत्व संरचना र संगठनात्मक भविष्यमा गहिरो प्रभाव पार्ने निश्चित देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: