Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

आमाले सानैमा छाडेर गइन्, जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

खबरडबली संवाददाता

सर्लाही । जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे । लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन् ।

बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको दैनिकी बनेको छ । पचहत्तर वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला नाबालक विवेकको काँधमा आइपरेको छ ।

चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेकका दाजु बहिनी टुहुरो बन्नुपर्यो । मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किएका विवेकले कक्षा ३ सम्म गाउँ नजिकैको आधारभूत विद्यालयमा अध्ययन गरे । तर भर्ना गर्न जन्मदर्ता नभएपछि पढाइ छाड्नु परेको थियो । चुरेको काखमा लगभग १० धुर ऐलानी जग्गा चर्चेर विवेकको परिवार बसिरहेका छन् । टाउको लुकाउन बनाएको टिनको सानो छाप्रोबाहेक सम्पत्तिका नाममा केही पनि छैन ।

बाल्यकाल निकै सङ्घर्षमा बिताएका विवेकले गाउँमै साहुको ट्र्याक्टरमा बालुवा लोड गर्ने कामबाट मजदुरी सुरु गरे । अहिले उहाँ एउटा कुशल ट्र्याक्टर चालक बनिसेका छन् । तर, आफू जन्मेहुर्केको देशमा अनागरिक बन्नुपर्दा सीपसमेत बेकार बनेको छ । “निकै दुःख गरेर एउटा सीप सिकेको थिएँ, लाइसेन्स बनाउन पाए यसैको सहाराले परिवारको भरणपोषण गर्ने थिएँ । कागजात नहुँदा ट्र्याक्टर चलाएर परिवार पाल्ने सपना पनि अधुरो हुने भयो”, उनले सुनाए ।

विवेकको आमाले सानैमा छाडेर गइन्

विवेकका जिजूहजुरआमा अतिरुपाले भनिन्, “बुबाको पनि अत्तोपत्तो छैन । केही समय पहिला ज्वाइँ आइपुग्नुभएको थियो । सोधीखोजी गरेका थियौँ । उहाँकै केही कागजात बनेको रहेनछ । त्यसपछि फेरि त्यसै हराउनुभयो ।”

विवेकका हजुरबुबाको पनि कुनै कागजात फेला नपरेको अतिरुपाको भनाइ छ । कागजात भएका घरतर्फका आफन्त कोही फेला नपरेका कारण दुई पनाति पनातिनीको भविष्य नै अन्धकार बनेको उनले दुखेसो पोखेकी छन्।

विवेककी हजुरआमा बोल्न सक्दिनन् । जन्मजातै फरक क्षमताकी हुन् । जिजूहजुरआमा पनि वृद्ध भइसकेकी छन् । बहिनीको भविष्यको चिन्ताले विवेकलाई सताइरहन्छ । ज्याला मजदुरी गरेरै भए पनि बहिनीलाई ठूलो मान्छे बनाउने उनको सपना छ । तर, परिस्थितिले देशको नागरिकसम्म बन्ने हैसियत दिएन– दुई दाजुबहिनीलाई । एकपटक जन्मदर्ताका लागि स्थानीयवासीको सल्लाहमा दाजुबहिनी वडा कार्यालयसम्म पुगे पनि कुनै प्रमाण नभएको भन्दै त्यसै फर्कनुपरेको उनीहरूको गुनासो छ ।

विवेकले जेनतेन बहिनी बिविकालाई हरिवन नगरपालिका–१ पटौनामा रहेको पटौना आधारभूत विद्यालयमा पढाएका छन् । कक्षा ७ मा पढ्ने बिविकालाई अर्को वर्ष कक्षा ८ मा अनिवार्य भर्ना गर्नुपर्छ भन्दै विद्यालयले जन्मदर्ता मागेको छ । तर, कसरी जन्मदर्ता बन्छ भन्ने केही थाहा छैन । बहिनीले पनि आफूले जस्तै पढाइ छाड्नुपर्ने हो कि भन्ने उहाँलाई चिन्ता छ । आफू र बहिनीको जन्मदर्तामात्र बने पनि अलपत्र बन्नु पर्दैन थियो भन्ने उनलाई लागेको छ । आफ्नो र बहिनीको जन्मदर्ताका लागि पहल गरिदिन उनले आग्रहसमेत गरेका छन् ।

अर्कातर्फ विवेकको परिवारले प्रयोग गरिरहेको सानो बाँससमेत जीर्ण बनेर ढलेपछि अहिले परिवारलाई थप समस्या भएको छ । जसले गर्दा अहिले टाउको लुकाउने ठाउँसमेत नभएको उहाँले सुनाए । छिमेकीकोमा शरण लिएर बस्नुपरेको भन्दै विवेकले पुरानो घर भएको ठाउँमा ऋणधन गरेर भए पनि एउटा घर बनाउने सपना रहेको बताए । तर, काम गरेर तिर्छु भन्नलाई समेत कुनै कागजात नहुँदा ऋण पाउने आशा नरहेको उनको दुखेसो छ ।

निकै इमानदार र मेहेनती विवेकको परिवारले उनैको भरथेगमा गुजारा गरिरहेको स्थानीय सुवास श्रेष्ठले बताए । पढाइलेखाइ गर्न नपाएका विवेकले ट्र्याक्टर चलाउन सिकेर जीविका चलाउने आधार बनाए पनि पूरा गर्न नसकेको उनको भनाइ थियो । विद्यमान कानुनी व्यवस्थाका कारण उनको जन्मदर्ता बन्न नसक्दा उनीसहित उनको भावी पिँढीले समेत अनागरिकको जीवन बाँच्नुपर्ने अवस्था देखिएको भन्दै दुःख व्यक्त गरेका छन् ।

विवेकको समस्याका विषयमा वडाका तर्फबाट हुनेसम्म गर्न आफू तयार रहेको वडाध्यक्ष टमबहादुर घिसिङले बताए । नाबालक र नाबालिकाको जन्मदर्ताका विषयमा आफूले वडासचिवसँग नियमित कुराकानी गरेर कानुनी प्रक्रियाअनुसार निकासका लागि पहल गरिरहेको उनले सुनाए । “कानुनले दिएको दायरमा रहेर उनीहरूको कागजात बनाउने कुरामा पहल गरिरहेको छु”, वडाध्यक्ष घिसिङले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: