Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रधानमन्त्रीले राजीनामा माग्दा पनि मन्त्रीहरू पदमै

खबरडबली संवाददाता

काठमाडौँ । चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय छन् ।

जनस्तरबाट पटक–पटक प्रश्न उठेपछि स्वयं प्रधानमन्त्री कार्कीले नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी छन् । तर प्रधानमन्त्रीले राजीनामा माग्दासमेत उनीहरूले ढिलासुस्ती गरिरहेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी लिएका घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए ।

उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् । त्यस्तै उज्यालो नेपाल पार्टी र रास्वपाबीच एकता गराउने निर्णायक बैठकमा खेलकुदमन्त्री गुप्ता पनि सक्रिय थिए । खरेल पनि रास्वपाको पक्षमा सार्वजनिक रुपमा बोल्दै आएका छन् । तर, कुनै पनि दलमा सक्रिय नभएको तीनै मन्त्रीको भनाइ छ ।

सार्वजनिक आलोचना बढेपछि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमै उनीहरूका राजीनामा मागेकी छन् । ‘निर्वाचन लड्ने तयारी गरिरहनुभएका साथीहरू निर्वाचनमा भाग लिन र उम्मेदवार हुन स्वतन्त्र हुनुहुन्छ,’ प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकको सुरु र अन्तिममा भनेकी थिइन्, ‘तपाईंहरूले सरकारबाट अलग भइदिएर सहयोग गरिदिनुहोला ।’

एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीले भन्नुभयो कि– हामी नागरिक सरकार हौं, बाहिर कुनै एक दलको सरकार भनेर आलोचना हुन थालेको छ, यस्तो राम्रो होइन, तपाईंहरूले अलग हुनु नै राम्रो हुन्छ । मन्त्रीमा बसिरहनु हुँदैन ।’

जेन–जी विद्रोहपछि चुनाव गराउने ‘म्यान्डेट’ सहित २७ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्री भएलगत्तै कार्कीले दिएको अन्तर्वार्तामा आफ्नो मन्त्रिपरिषद्मा कुनै पनि दलसम्बन्धित व्यक्ति मन्त्री नहुने बताएकी थिइन् । उनले चुनाव गराउन बनेको नागरिक सरकार भएको दाबी गरेकी थिइन् । तर घिसिङ, खरेल र गुप्ता राजनीतिक दलमा सक्रिय हुन थालेपछि प्रधानमन्त्री कार्की नैतिक संकटमा परेकी हुन् ।

प्रधानमन्त्रीले मन्त्रीहरूलाई विवेक पुर्‍याएर अलग हुन यसअघि पनि निर्देशन दिएको अर्का एक मन्त्रीको भनाइ छ । ‘सबैजसोले दल विशेषको सरकार भन्न थालिसकेका छन्, सरकार र आउँदो निर्वाचनका लागि यो राम्रो हुँदैन भन्दै मन्त्रीबाट हट्न प्रधानमन्त्रीले भन्नुभएको हो,’ ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले सुझाव र निर्देशन दिनुभएको छ, अब बाँकी कुरा मन्त्रीहरूले नै निर्णय लिनुहुन्छ होला ।’

मन्त्री घिसिङले निर्वाचनमा भाग लिन आफ्नो संरक्षणमा उज्यालो नेपाल पार्टी दर्ता गराएका थिए । पूर्वऊर्जा सचिव अनुप उपाध्यायको नेतृत्वमा रहेको उक्त दल रास्वपासँग एकीकरण भएको छ र घिसिङ रास्वपाका वरिष्ठ उपसभापति बनिसकेका छन् । उनले रास्वपामा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूचीमा १८ जना सांसदको कोटासमेत पाएका छन् ।

तर मन्त्री घिसिङले आफू कुनै पनि दलको सदस्य नभएको दाबी गरे । ‘हालसम्म म कुनै दलको सदस्य छैन,’ उनले मंगलबार साँझ भने, ‘उम्मेदवारी दर्ता गर्ने समय बाँकी नै छ, उम्मेदवार हुनुपर्दा सरकारबाट अलग हुनेछु ।’

रास्वपा, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र मन्त्री घिसिङ एउटै दलमा समाहित हुने भएपछि सञ्चारमन्त्री खरेलले सार्वजनिक रूपमा स्वागत गरेका थिए । मन्त्री पदमा बसेका खरेलले कुनै एक दलको निर्णयलाई स्वागत गरेपछि उनीमाथि पनि सार्वजनिक रूपमै प्रश्न उठेको छ । रास्वपा र काठमाडौंका मेयर शाहबीच १३ पुसमा भएको ७ बुँदे सम्झौतापछि

मन्त्री खरेलले सामाजिक सञ्जालमा ‘नयाँ दिन, नयाँ सुरुवात π सुन्दर र समृद्ध नेपालको सपना ππ गन्तव्य तय हुँदैछ’ भनी लेखेका थिए । यो विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकमा खरेललाई समेत लक्षित गर्दै राजीनामा मागेकी हुन् ।

मन्त्री खरेलले भने आफू कुनै दलमा नरहेको र चुनाव गराउने एक मात्र लक्ष्य लिएर काम गरिरहेको बताए । ‘म कुनै दलमा संलग्न छैन, दलको कुनै गतिविधिमा पनि गएको छैन, उम्मेदवार भएको छैन, चुनाव उठ्छु भनेको पनि छैन,’ उनले भने, ‘जनताले चुनावमा उठिदिए हुन्छ भनेर चाहना राख्नुभएको कुरा चाहिँ सत्य हो ।’

२८ वर्षका कान्छा मन्त्री गुप्ता रास्वपा र उज्यालो नेपालबीच एकतासम्बन्धी वार्तामा सक्रिय थिए । १४ पुसमा रास्वपा र उज्यालो नेपाल पार्टी एकता भएर ७ बुँदे सहमति हुँदा गुप्ता ती दलका नेताहरूसँगै वार्ता स्थलमा थिए ।

कुनै ठाउँमा जाँदैमा र कसैलाई भेट्दैमा दलमा लाग्यो भनेर आरोप लगाउन नहुने तर्क मन्त्री गुप्ताले गरेका छन् । ‘म कुनै दलीय गतिविधिमा संलग्न छैन, न कुनै दलको सदस्यता लिएको छु,’ उनले  भने, ‘निर्वाचनमा कुनै दलसँग आबद्ध भएर लड्ने अवस्था आयो भने सरकारबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गर्छु ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: