काठमाडौं । तराई र मधेशका केही जिल्लामा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने घटनाहरू बढिरहेका परिस्थितिमा, गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ।
गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा मंगलबार जारी सर्कुलरमा भनिएको छ कि, कानुनविरुद्ध हुने कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन सक्रिय हुनेछ।
सर्कुलरअनुसार, धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव प्रवर्द्धन गर्न समन्वय बैठक आयोजना गर्न सबै जिल्लालाई निर्देशन दिइएको छ। यस बैठकमा जिल्ला राजनीतिक दलका प्रमुख, सामाजिक, सांस्कृतिक र धार्मिक अगुवाहरूलाई सहभागी गराइ सार्वजनिक सद्भाव कायम राख्ने उपायहरू तय गरिनेछ।
त्यसैगरी, सामाजिक सद्भाव प्रवर्द्धनका लागि सद्भाव र्याली, सीमा क्षेत्रमा कडाइका साथ चेकजाँच, र स्थानीय भाषामा सद्भाव बढाउने कार्यक्रम संचालन गर्न पनि सर्कुलरमा व्यवस्था गरिएको छ।
सर्कुलरअनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात–सदस्यीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरिनेछ। समितिमा जिल्ला सुरक्षा समिति, राजनीतिक दल, उद्योग वाणिज्य महासङ्घ, पत्रकार महासङ्घ, बार एसोसिएसन, जिल्ला समन्वय समिति र सामाजिक–सांस्कृतिक तथा धार्मिक क्षेत्रका अगुवाहरू सदस्य रहनेछन्।
गृह मन्त्रालयले विगतका विवादजन्य घटनाको अभिलेखको आधारमा संभावित विवाद कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर बनाउने र स्थानीय तहमा समेत समन्वयात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनमा जोड दिन निर्देशन दिएको छ।
गृह मन्त्रालयका अनुसार, यी पहलहरूले सामाजिक सद्भाव कायम राख्न, विवाद रोक्न र सहिष्णुता प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २३ गते, २०८२ - २०:०५
नेपाली कांग्रेस आज कुनै बाह्य शत्रुका कारण कमजोर बनेको होइन। न त विचार सकिएको हो, न इतिहास मरेको हो । कांग्रेसलाई कमजोर बनाएको छ । आफ्नै नेतृत्वको भय,...
पौष २३ गते, २०८२ - १९:५३
काठमाडौं । भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका-९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका छन्। ...
पौष २३ गते, २०८२ - १९:५२
काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावे...
पौष २३ गते, २०८२ - १९:४७
काठमाडौँ । लामो समय सशस्त्र संघर्ष, भूमिगत राजनीति र राज्यसँगको टकरावको मार्ग रोजेको नेत्रविक्रम चन्द ‘विप्लव’ अब प्रत्यक्ष चुनावी राजनीतिमा उत्रिने भ...
पौष २३ गते, २०८२ - १९:४३
ललितपुर । नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्ष खुला टकरावतर्फ उन्मुख हुँदै गएको छ । महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर...
पौष २३ गते, २०८२ - १९:४०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति ओरालो लाग्दै जाँदा नेपाली कांग्रेस प्रवेश गरेका सुनिल थापाको राजनीतिक यात्रामा अर्को महत्...
पौष २३ गते, २०८२ - १९:३६
काठमाडौँ । पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुर नगरपालिका-३ फेदी जंगलमा बुधबार साँझ दुर्घटना भएको छ । जर्सिङपौवाबाट साँखुतर्फ वनभाेज गए...
पौष २३ गते, २०८२ - १९:३३
काठमाडाैं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा मनोनयन प्रक्रिया सम्पन्न भएसँगै राजनीतिक शक्ति सन्तुलन स्पष्ट देखिन थालेको छ ।...
पौष २३ गते, २०८२ - १९:१८
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्...
पौष २३ गते, २०८२ - १९:०४
काठमाडौं । राष्ट्रिय सभाका रिक्त १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसा...




प्रतिकृया लेख्नुहोस्: