काठमाडौं । तराई र मधेशका केही जिल्लामा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने घटनाहरू बढिरहेका परिस्थितिमा, गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ।
गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा मंगलबार जारी सर्कुलरमा भनिएको छ कि, कानुनविरुद्ध हुने कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन सक्रिय हुनेछ।
सर्कुलरअनुसार, धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव प्रवर्द्धन गर्न समन्वय बैठक आयोजना गर्न सबै जिल्लालाई निर्देशन दिइएको छ। यस बैठकमा जिल्ला राजनीतिक दलका प्रमुख, सामाजिक, सांस्कृतिक र धार्मिक अगुवाहरूलाई सहभागी गराइ सार्वजनिक सद्भाव कायम राख्ने उपायहरू तय गरिनेछ।
त्यसैगरी, सामाजिक सद्भाव प्रवर्द्धनका लागि सद्भाव र्याली, सीमा क्षेत्रमा कडाइका साथ चेकजाँच, र स्थानीय भाषामा सद्भाव बढाउने कार्यक्रम संचालन गर्न पनि सर्कुलरमा व्यवस्था गरिएको छ।
सर्कुलरअनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात–सदस्यीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरिनेछ। समितिमा जिल्ला सुरक्षा समिति, राजनीतिक दल, उद्योग वाणिज्य महासङ्घ, पत्रकार महासङ्घ, बार एसोसिएसन, जिल्ला समन्वय समिति र सामाजिक–सांस्कृतिक तथा धार्मिक क्षेत्रका अगुवाहरू सदस्य रहनेछन्।
गृह मन्त्रालयले विगतका विवादजन्य घटनाको अभिलेखको आधारमा संभावित विवाद कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर बनाउने र स्थानीय तहमा समेत समन्वयात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनमा जोड दिन निर्देशन दिएको छ।
गृह मन्त्रालयका अनुसार, यी पहलहरूले सामाजिक सद्भाव कायम राख्न, विवाद रोक्न र सहिष्णुता प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - २०:५३
काठमाडौं । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...
चैत्र ६ गते, २०८२ - २०:५१
हुम्ला । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...
चैत्र ६ गते, २०८२ - २०:४३
सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...
चैत्र ६ गते, २०८२ - २०:३९
मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...
चैत्र ६ गते, २०८२ - २०:३७
काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...
चैत्र ६ गते, २०८२ - २०:३१
चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनु...
चैत्र ६ गते, २०८२ - २०:२४
सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होट...
चैत्र ६ गते, २०८२ - २०:११
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्ष...
चैत्र ६ गते, २०८२ - २०:०८
काठमाडौं। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा Chinaले बधाई ज्ञापन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्व...
चैत्र ६ गते, २०८२ - २०:०७
काठमाडौं । लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षास...


प्रतिकृया लेख्नुहोस्: