काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसलामा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पाँच वर्षपछि हस्ताक्षर गरेका छन्।
जबराको हस्ताक्षरसँगै सो फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो। २०७७ फागुन ११ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको थियो। त्यसबेला अदालतले संक्षिप्त आदेश मात्रै जारी गरेको थियो।
उक्त फैसलामा संलग्न न्यायाधीशहरूमध्ये सपना प्रधान मल्लबाहेक सबै अवकाशमा गइसकेका छन्। फैसला आएको करिब एक वर्षपछि तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो। ९८ जना सांसदले हस्ताक्षर गरी दर्ता गराएको महाअभियोग प्रस्ताव संसदबाट पारित नभएको र औपचारिक रूपमा टुंगो पनि नलागेको भन्दै जबराले फैसलामा हस्ताक्षर गर्न आनाकानी गर्दै आएका थिए।
स्रोतका अनुसार, “उहाँको हस्ताक्षर नआएकै कारण फैसलाको पूर्णपाठ रोकिएको थियो। करिब एक–डेढ महिनाअघि हस्ताक्षर भइसकेको हो। केही प्राविधिक काम बाँकी रहेकाले आज मात्रै सार्वजनिक गरिएको हो।”
फैसलाको पूर्णपाठ १४२ पृष्ठको रहेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेका थिए। सोही सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्। तर सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णय असंवैधानिक ठहर गर्दै प्रारम्भदेखि नै कानुनी प्रभाव शून्य हुने गरी बदर गरेको थियो।
फैसलामा भनिएको छ, “सम्माननीय प्रधानमन्त्रीले संविधानको धारा ७६ का उपधारा ९९० र ९१००, धारा ८५ तथा संसदीय प्रणालीको आधारभूत मर्म, मूल्य–मान्यता र विभिन्न संसदीय प्रणाली भएका मुलुकहरूको अभ्यासविपरीत संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटनका लागि सम्माननीय राष्ट्रपतिसमक्ष गरेको २०७७ पुस ५ को सिफारिस तथा सोअनुसार सोही मितिमा भएको प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही असंवैधानिक भएकाले प्रारम्भदेखि नै कानुनी प्रभाव शून्य रहने गरी उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ।”
त्यस निर्णयसँगै सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरी बैठक बस्न परमादेशसमेत जारी गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: