काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको जिप दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार सोमबार बिहानसम्म मृतकमध्ये २ जना नेपाली र २ जना भारतीय नागरिकको पहिचान खुलेको हो।
पहिचान खुल्नेहरूमा हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाकी ४० वर्षीया सविता लम्साल, हेटौंडा–२ कान्ति राजपथका २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्यको पटना निवासी ४२ वर्षीय रजनिस कुमार र बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार रहेका छन्। बाँकी दुई पुरुषको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
मृतकहरूको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ।
आइतबार साँझ करिब ५ः३० बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत जुरीखेतमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो। जिपमा ९ जना सवार थिए।
दुर्घटनापछि उद्धार गरी हेटौंडा अस्पताल पुर्याइएकामध्ये साँझ ७ः१५ बजे चिकित्सकले ६ जनालाई मृत घोषणा गरेका थिए।
जिप चालक हेटौंडा–४ कर्राचोकका ४० वर्षीय गणेश थापा गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर रेफर गरिएको छ।
त्यस्तै, मृतक सविता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्साल पनि गम्भीर घाइते छन्। उनलाई पनि भरतपुरस्थित पुरानो मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते रौतहटको चन्द्रपुर नगरपालिका–२ की २१ वर्षीया रिचा चौधरीको भने हेटौंडा अस्पतालमै उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: