काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन आयोगलाई अन्ततः बयान दिएका छन् । आयोगका कर्मचारी भक्तपुरको गुन्डुस्थित ओली निवासमै पुगेर बयान संकलन गरेका हुन् ।
ओलीले आयोगको टोलीलाई पहिले नै तयार पारिएको लिखित बयान बुझाएका थिए । आयोगका प्रवक्ता विज्ञानराज शर्माले ओली निवासमै पुगेर बयान लिइएको पुष्टि गर्दै भने, “उहीँ (गुन्डु) गएर बयान लिइएको हो।” आयोगको टोली करिब डेढ घण्टा ओली निवासमा बसेको थियो । टोलीले मौखिक रूपमा कुरा सुने पनि औपचारिक बयान भने लिखित रूपमै लिइएको जनाइएको छ ।
यसअघि ओलीले आयोगमा उपस्थित भएर बयान नदिने अडान लिँदै आएका थिए । तर केही समयअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा उनले ‘बयान लिनु भए निवासमै पठाइदिनु’ भन्ने सन्देश दिएका थिए । सोहीअनुसार आयोगको टोली गुन्डु पुगेको हो ।
आयोगका अनुसार उक्त घटनासम्बन्धी बयान लिने प्रक्रिया अब सम्पन्न भएको छ । प्रवक्ता शर्माले आयोगले १५० भन्दा बढी व्यक्तिसँग बयान लिइसकेको जानकारी दिए । अब प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारी भइरहेको उनले बताए ।
यसअघि गत सोमबार आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगमै बोलाएर बयान लिएको थियो । लेखकले बयान दिएपछि उनको स्थानहद फुकुवा गरिएको थियो । गत असोज १२ गते बसेको आयोग बैठकले ओली, लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश भ्रमणमा रोक लगाउँदै आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको थियो ।
त्यसैगरी अवकाशपछि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङमाथि पनि स्थानहद तोकिएको थियो । बयान प्रक्रिया सकिएसँगै ओलीबाहेक सबैको स्थानहद फुकुवा भइसकेको छ । अब ओलीको पनि स्थानहद फुकुवा हुने सम्भावना रहेको आयोग स्रोतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - ०७:१५
काठमाडौँ । सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । क...
पौष २२ गते, २०८२ - ०७:१३
काठमाडौँ । स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ । ...
पौष २२ गते, २०८२ - ०७:०९
नवलपरासी । अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम) नवलपरासीमा माछा पर्न थालेका छन् । पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका ...
पौष २१ गते, २०८२ - ०९:२०
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक...
पौष २१ गते, २०८२ - ०९:१६
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर २ मा एमाले सचिव महेश बस्नेत एकल सिफारिस भएका छन् । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्...
पौष २१ गते, २०८२ - ०९:११
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको जिप दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहर...
पौष २१ गते, २०८२ - ०८:३९
काठमाडौँ । महाधिवेशन समय तालिकाको किचलोमा फसिरहेको नेपाली कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी फुटसम्मको बहस हुन थालेपछि मध्...
पौष २१ गते, २०८२ - ०८:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। काठमाडौँ महानगरका प्रमुख बालेन साह, उज्यालो नेपाल पार्टी ...
पौष २१ गते, २०८२ - ०८:३२
विराटनगर । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, श...
पौष २१ गते, २०८२ - ०८:२५
काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन आयोगलाई अन्ततः बयान दिएका छन् । आयोगका कर्म...




प्रतिकृया लेख्नुहोस्: