Khabar Dabali २२ पुष २०८२ मंगलवार | 6th January, 2026 Tue
Investment bank

रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना: २ जनाको मृत्यु, ९ घाइते

खबरडबली संवाददाता

रोल्पा। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी सवार जीप दुर्घटनामा पर्दा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

सुनछहरी गाउँपालिका–१ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग१ज ६६६६ नम्बरको बोलेरो जीप गएराति दुर्घटना भएको हो।

दुर्घटनामा सुनछहरी गाउँपालिका–४ स्युरीकी १२ वर्षीया दीपा पुन र १२ वर्षीय सुनिल विकको मृत्यु भएको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए। मृतक दुवैजना नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी सुनछहरी गाउँपालिका–४ स्युरीका १५ वर्षीय हिमाल विक, १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना विक, २४ वर्षीया अस्मिता विक, १६ वर्षीया पवित्रा पुन, १७ वर्षीय शनि विक, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय किसन घर्ती मगर र १५ वर्षीया हस्तिरा विक घाइते भएका छन्।

घाइते नौ जनालाई रोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न नसकेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनको मोडमा नेपाल : नेतृत्व, षड्यन्त्र र राष्ट्रनायकको सवाल

नेपाल निर्णायक राजनीतिक मोडमा प्रवेश गरिसकेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि सबै राजनीतिक दलहरूले दल दर्ता तथा समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक ...

वीरगञ्जमा कर्फ्यू, भेला र प्रदर्शनमा रोक

पर्सा। धार्मिक तथा सामाजिक विषयका कारण उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभ...

नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच विशेष सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटल लि. बीच कर्मचारी, ग्राहक र परिवारका लागि विशेष छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार, बैंकका कर्म...

युवा सशक्तिकरण र न्यायका लागि काम गरेका राहुल केसी अब चुनावी मैदानमा

काठमाडौँ। मानव अधिकार अभियान्ता राहुल केसी राजनीतिमा होमिने भएका छन्। आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारीका साथ उनले हाल स्वतन्त्र उम्...

राैतबटबाट स्रोत नखुलेको साढे दुई लाख नगदसहित भारतीय महिला पक्राउ

रौतहट । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।  ...

पपुलारिटीको भोकभित्र हराएको नेपाली राजनीति

राजनीति मूलतः जनताको सेवा, न्याय, समानता र दीर्घकालीन समृद्धिको मार्गदर्शनका लागि जन्मिएको व्यवस्था हो। तर आजको नेपाली राजनीतिले त्यो आत्मा बिस्तारै ग...

रास्वपामा समानुपातिक उम्मेदवारी फिर्ताको लहर, अरनिको पाँडे पनि बाहिरिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन...

दुई वर्षपछि रेशम चौधरीको आममाफीविरुद्धको रिटमा सुनुवाइ, आजै होला त फैसला ?

काठमाडौँ । टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज ...

सुदूरपश्चिम समानुपातिक बन्दसूची: कांग्रेस अगाडि, एमाले–नेकपा पकड क्षेत्रमै सीमित, रास्वपामा नयाँ समीकरण

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट प्रमुख चार दल—नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युन...

डेल्सी रोड्रिगेज: भेनेजुएलाकी अन्तरिम राष्ट्रपति, मदुरो प्रशासनकी ‘आइरन लेडी’ र कम्युनिस्ट छापामारकी छोरी

काठमाडौँ। भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मदुरो अनुपस्थित भएपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending