Khabar Dabali २१ पुष २०८२ सोमबार | 5th January, 2026 Mon
Investment bank

प्रचण्ड आज दिल्ली जाँदै

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल आज भारतको राजधानी दिल्ली प्रस्थान गर्ने भएका छन्।

नेकपा निकट प्रवासी नेपाली समाजले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी आज दिउँसो दिल्ली जान लागेको दाहालको सचिवालयले जानकारी दिएको छ। 

माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत दलहरूबीच एकता भएपछि भारतमा क्रियाशील प्रवासी नेपाली संगठनहरूलाई एकताको सन्देश दिन आयोजना गरिएको सभालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ।

सचिवालयका अनुसार दिल्ली भ्रमणका क्रममा दाहालले भारतीय अधिकारीहरूसँग औपचारिक भेटघाट गर्ने कुनै कार्यक्रम तय गरिएको छैन। उनी आइतबार दिल्ली पुगेर सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।

देशमा चुनावी गतिविधि तीव्र बन्दै गएको समयमा दाहालको भारत भ्रमणलाई लिएर राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ दिल्ली पुगेका प्रचण्डको आजकोे कार्यक्रम के छ ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक...

भक्तपुर-२ मा एमाले सचिव महेश बस्नेत सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर २ मा एमाले सचिव महेश बस्नेत एकल सिफारिस भएका छन् । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्...

भीमफेदी दुर्घटना- मृतक ६ मध्ये ४ जनाको पहिचान खुल्यो, चालकसहित ३ घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको जिप दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहर...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि, सल्टाउला महाधिवेशन विवाद ?

काठमाडौँ । महाधिवेशन समय तालिकाको किचलोमा फसिरहेको नेपाली कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी फुटसम्मको बहस हुन थालेपछि मध्...

बालेन र कुलमानको व्यवस्थापनपछि रास्वपाको बृहत्तर एकता घोषणा सभा आज

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ।  काठमाडौँ महानगरका प्रमुख बालेन साह, उज्यालो नेपाल पार्टी ...

मौसमी फ्लुका बिरामी बढ्यो, कसरी बच्ने ?

विराटनगर । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, श...

कार्की आयोग अस्वीकार गरेका ओलीले अन्ततः दिए लिखित बयान, स्थानहद फुकुवाको तयारी

काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन आयोगलाई अन्ततः बयान दिएका छन् । आयोगका कर्म...

शीर्ष नेता को–कहाँबाट एकल सिफारिस ?

काठमाडौं । समानुपातिक उम्मेदवार मनोनयनसँगै २१ फागुनमै प्रतिनिधिसभा निर्वाचन हुने माहोल बनेपछि प्रमुख राजनीतिक दलहरू १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक...

बालेन बने रास्वपाको वरिष्ठ नेता, यी हुन् थएिका २६ केन्द्रीय सदस्य

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बनेका छन्। आइतबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बालेनलाई क...

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत। बेलायतमा वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending