Khabar Dabali २१ पुष २०८२ सोमबार | 5th January, 2026 Mon
Investment bank

ट्रम्पले सार्वजनिक गरे अमेरिकाको कब्जामा रहेका भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्बिर

खबरडबली संवाददाता

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको तस्बिर सार्वजनिक गरेका छन्।

नेपाली समयअनुसार गएराति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मादुरोको तस्बिर साझा गरेका हुन्। पक्राउ परेकी भनिएकी उनकी पत्नी भने तस्बिरमा देखिँदैनन्।

सार्वजनिक गरिएको तस्बिरमा मादुरोले आँखामा मास्क लगाएका छन् भने खैरो रङको ट्र्याकसुट र हेडफोन लगाएको देखिन्छ। तस्बिरसँगै ट्रम्पले क्याप्सनमा लेखेका छन्, “निकोलस मादुरो यूएसएस इवो जिमा (युद्धपोत) मा।”

घटनापछि ट्रम्पले फ्लोरिडामा पत्रकार सम्मेलन गर्दै भेनेजुएलाबारे कडा टिप्पणी गरेका छन्। उनले भने, “शक्ति सुरक्षित, सही र समझदारीपूर्ण रूपमा हस्तान्तरण नभएसम्म भेनेजुएला संयुक्त राज्य अमेरिकाको नियन्त्रणमा रहनेछ।”

यस अवसरमा ट्रम्पले अमेरिकी सेनाको प्रशंसा गर्दै भेनेजुएलाको सेना पूर्ण रूपमा आत्तिएर छिट्टै पराजित भएको दाबी गरे। उनले अपरेसनका क्रममा कुनै पनि अमेरिकी सैनिकको ज्यान नगएको र हतियार वा उपकरणमा क्षति नपुगेको पनि बताए।

ट्रम्पले अमेरिकाले समुद्री मार्गबाट हुने लागुऔषध तस्करीको ९७ प्रतिशत नियन्त्रणमा लिएको दाबीसमेत गरे।

यसअघि शनिबार ट्रम्पले मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको बताएका थिए। त्यसलगत्तै अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध मुद्दा चलाइने घोषणा गरेकी थिइन्।

बोन्डीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “निकोलस मादुरोमाथि संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को–आतंकवादको षड्यन्त्र, कोकिन आयात तथा मेसिन गन र खतरनाक हतियार राख्ने षड्यन्त्रको अभियोग लगाइएको छ।” उनले मादुरोले चाँडै अमेरिकी अदालतमा न्यायको सामना गर्ने बताइन्।

यता, भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी आक्रमणपछि राष्ट्रपति मादुरो दम्पतीको अवस्था अज्ञात रहेको बताउँदै उनीहरू जीवित रहेको प्रमाण माग गरेकी छन्। “भेनेजुएला सरकारले दुवै जना जीवित रहेको प्रमाण तत्काल उपलब्ध गराउन माग गर्दछ,” उनले भनिन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मादुरोलाई अर्को हप्ता म्यानहट्टनको अदालतमा उपस्थित गराइ लागुऔषध तथा हतियार तस्करीसम्बन्धी गम्भीर आपराधिक मुद्दा दायर गर्ने तयारी भइरहेको छ।

यसैबीच अमेरिकाले शनिबार बिहानै भेनेजुएलामा व्यापक हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणका क्रममा मादुरो र उनकी पत्नीलाई शयनकक्षबाटै नियन्त्रणमा लिइएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ दिल्ली पुगेका प्रचण्डको आजकोे कार्यक्रम के छ ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक...

भक्तपुर-२ मा एमाले सचिव महेश बस्नेत सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर २ मा एमाले सचिव महेश बस्नेत एकल सिफारिस भएका छन् । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्...

भीमफेदी दुर्घटना- मृतक ६ मध्ये ४ जनाको पहिचान खुल्यो, चालकसहित ३ घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको जिप दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहर...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि, सल्टाउला महाधिवेशन विवाद ?

काठमाडौँ । महाधिवेशन समय तालिकाको किचलोमा फसिरहेको नेपाली कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी फुटसम्मको बहस हुन थालेपछि मध्...

बालेन र कुलमानको व्यवस्थापनपछि रास्वपाको बृहत्तर एकता घोषणा सभा आज

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ।  काठमाडौँ महानगरका प्रमुख बालेन साह, उज्यालो नेपाल पार्टी ...

मौसमी फ्लुका बिरामी बढ्यो, कसरी बच्ने ?

विराटनगर । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, श...

कार्की आयोग अस्वीकार गरेका ओलीले अन्ततः दिए लिखित बयान, स्थानहद फुकुवाको तयारी

काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन आयोगलाई अन्ततः बयान दिएका छन् । आयोगका कर्म...

शीर्ष नेता को–कहाँबाट एकल सिफारिस ?

काठमाडौं । समानुपातिक उम्मेदवार मनोनयनसँगै २१ फागुनमै प्रतिनिधिसभा निर्वाचन हुने माहोल बनेपछि प्रमुख राजनीतिक दलहरू १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक...

बालेन बने रास्वपाको वरिष्ठ नेता, यी हुन् थएिका २६ केन्द्रीय सदस्य

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बनेका छन्। आइतबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बालेनलाई क...

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत। बेलायतमा वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending