काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको तस्बिर सार्वजनिक गरेका छन्।
नेपाली समयअनुसार गएराति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मादुरोको तस्बिर साझा गरेका हुन्। पक्राउ परेकी भनिएकी उनकी पत्नी भने तस्बिरमा देखिँदैनन्।
सार्वजनिक गरिएको तस्बिरमा मादुरोले आँखामा मास्क लगाएका छन् भने खैरो रङको ट्र्याकसुट र हेडफोन लगाएको देखिन्छ। तस्बिरसँगै ट्रम्पले क्याप्सनमा लेखेका छन्, “निकोलस मादुरो यूएसएस इवो जिमा (युद्धपोत) मा।”
घटनापछि ट्रम्पले फ्लोरिडामा पत्रकार सम्मेलन गर्दै भेनेजुएलाबारे कडा टिप्पणी गरेका छन्। उनले भने, “शक्ति सुरक्षित, सही र समझदारीपूर्ण रूपमा हस्तान्तरण नभएसम्म भेनेजुएला संयुक्त राज्य अमेरिकाको नियन्त्रणमा रहनेछ।”
यस अवसरमा ट्रम्पले अमेरिकी सेनाको प्रशंसा गर्दै भेनेजुएलाको सेना पूर्ण रूपमा आत्तिएर छिट्टै पराजित भएको दाबी गरे। उनले अपरेसनका क्रममा कुनै पनि अमेरिकी सैनिकको ज्यान नगएको र हतियार वा उपकरणमा क्षति नपुगेको पनि बताए।
ट्रम्पले अमेरिकाले समुद्री मार्गबाट हुने लागुऔषध तस्करीको ९७ प्रतिशत नियन्त्रणमा लिएको दाबीसमेत गरे।
यसअघि शनिबार ट्रम्पले मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको बताएका थिए। त्यसलगत्तै अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध मुद्दा चलाइने घोषणा गरेकी थिइन्।
बोन्डीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “निकोलस मादुरोमाथि संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को–आतंकवादको षड्यन्त्र, कोकिन आयात तथा मेसिन गन र खतरनाक हतियार राख्ने षड्यन्त्रको अभियोग लगाइएको छ।” उनले मादुरोले चाँडै अमेरिकी अदालतमा न्यायको सामना गर्ने बताइन्।
यता, भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी आक्रमणपछि राष्ट्रपति मादुरो दम्पतीको अवस्था अज्ञात रहेको बताउँदै उनीहरू जीवित रहेको प्रमाण माग गरेकी छन्। “भेनेजुएला सरकारले दुवै जना जीवित रहेको प्रमाण तत्काल उपलब्ध गराउन माग गर्दछ,” उनले भनिन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मादुरोलाई अर्को हप्ता म्यानहट्टनको अदालतमा उपस्थित गराइ लागुऔषध तथा हतियार तस्करीसम्बन्धी गम्भीर आपराधिक मुद्दा दायर गर्ने तयारी भइरहेको छ।
यसैबीच अमेरिकाले शनिबार बिहानै भेनेजुएलामा व्यापक हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणका क्रममा मादुरो र उनकी पत्नीलाई शयनकक्षबाटै नियन्त्रणमा लिइएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: